उद्योगी व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभाका लागी अध्यक्षका प्रत्यासी अध्यक्षका प्रत्यासी सुमन खत्री ले संघलाई सिण्डिकेट मुक्त राख्नका लागी मेरो उम्मेद्वारी हो मलाइ व्यवसायीहरुले यी लगाएत व्यवसायीको हितका लागी काम गर्न ब्यवसायी साथीहरुले अध्यक्ष पदमा उठेन अनुरोध गरेकाले सोही अनुसार आफु अध्यक्ष पदमा उठेकाले व्यवसायी साथीहरले आफुलाइ जिताउँने बिश्वासका साथ अगाडी बढेको बताउँनु भएको छ ।
उँहाले ११ औ अधिवेशनका लागी ११ वटै एजेण्डा समेत प्रस्तुत गर्नु भएको छ जसमा संघलाई सिण्डिकेट मुक्त राख्ने, संघलाई व्यापारी÷उद्यमीको साझा संगठन बनाइ राख्ने, राज्यलाई दवाब दियर व्यापारीले व्यापार गर्ने वातावरण निर्माण गर्ने, यूवा उद्यमीलाई प्रोत्साहन गरि उद्यम ÷ व्यापारमा लाग्न प्रेरित गर्ने , उद्योग बाणिज्य संघलाई बाह्रबिसे मात्र केन्द्रित नगरि चौतारा र मेलम्ची सम्मको साझा संघ निर्माण गर्ने, उद्यमी बिपत कोष खडा गरि संघलाई उद्यमी÷व्यापारी मैत्री बनाउने, जोखिमयुक्त सडक तातोपानी– बाह्रबिसे, मेलम्ची– पाँचखाल लगायत सडकको स्तरउन्नतिका लागी दवाब दिने, अग्रज उद्यमी ÷ व्यापारीबाट सिकेर यूबा उद्यमीलाई व्यापार÷उद्यम गर्ने वातावरण निर्माण गर्ने, उद्यम र व्यापारमा देखीयका जटीलता हटाउन दवाब दिने, राजनीतिक (सर्वदलिय सर्व पक्षिय) तह संगको समन्वयमा नीतिनिर्माण तहमा पहुँच पुर्याई उद्यमी ब्यापारी मैत्री नीतिनिर्माणमा जोड दिने, उद्योग तथा बाणीज्य सघलाइ सघंको नेचर अनुसार साझा मञ्चको बिकास गर्ने जनाउँनु भएको छ । उँहाले आफु तातोपानी भन्सारमा मात्र केन्द्रीत नभइ जिल्लाका साना ठुला सबै व्यवसायीको हकहितका लागी काम गर्ने भएकाले आफुल्े जित्ने निश्चीत भएको बताउँनु भयो ।
