आगमी चैत ९ र १० गते हुन लागेको व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभाका लागि अध्यक्षका प्रत्यासी नेपाली काँग्रेस पाटी नगर सभापती समेत रहनु भएको अध्यक्षका उमेदवार शम्भु बहादुर तिमल्सिनाले मतादाता समक्ष ६ बुदे प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
उहाँले आफु निर्वाचित भएपछी जिल्लाको १२वटै पालिकाबाट सेवा दिने व्यवस्था गर्ने बताउँनु भएको छ । उहाँले प्रस्तुत गर्नुभएको प्रतिबद्धतामा सिन्धुपाल्चोक उद्योग बणिज्य संघ जिल्लाभरीका साना मझौला तथा ठुला सम्पुर्ण व्यापारी व्यवसायी उद्योगीहरुलाई हाम्रो संघ छ भन्ने आभास दिलाउने कार्य गर्ने, सिन्धुपाल्चोक जिल्ला चिनको तिब्बतसँंग जोडिएको जिल्ला भएको कारण ठुलो देश नजिकको बजारलाई लक्षित गरी उत्पादन जिल्लाको भूगोल अनुसार उत्पादनलाई जोड दिने, हाल संघको सेवा केन्द्रीय कार्यालय बाह्रबिसे र शाखा कार्यालय चौतारा मेलम्चीबाट दिदै आएकोमा जिल्लाभरीको १२ वटा स्थानीय पालिकाबाट सेवा दिने प्रबन्ध मिलाउने, संघलाई आर्थिक रूपमा मजबुत बनाउन दिर्घकालिन आयश्रोतको योजना बनाउने, ंसिन्धुपाल्चोक उद्योग वाणिज्य संघ जिल्ला भरिका उद्योगी व्यापारी व्यवसायीको छाता संगठन भएतापनि आम उपभोक्ता जनतासंँगको जिवन शैलीमा जोडिने विषय र जिम्मेवारी भएको कारण उपभोक्ता मैत्री बाताबरण श्रृजना गर्ने, संघलाई संस्थागत रूपमा मजबुत भै अगाडी बढ्न आबश्यक नीति निर्माण गर्ने र हाल भएको सदस्यता सबन्धि नीतिनियमलाई परिमार्जित गरि आवश्यकता अनुसार व्यवस्थित गर्ने बताउँनु भयो । उहाँले आफु सबै व्यवसायिहरुसँग परिचित भएकाले बिगतका कामहरुका कारण पनि अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजया हासिल गर्ने बताउँनु भएको छ ।
