सम्पर्क

हेलम्बुमा आपतकालिन केन्द्र स्थापना गरि गाउँपालिकालाई हस्तान्तरण

स्थानीय स्तरमा विपदको पुर्वतयारी र प्रतिकार्य गर्नको लागी स्थानीय सरकार तथा समुदायहरुको क्षमता अभिवृद्धी गर्नको लागी हेलम्बु गाउँपालिकामा स्थानीय आपतकालिन केन्द्र स्थापना र हस्तान्तरण गरिएको छ । उक्त केन्द्रमा प्राविधिक र खोज तथा उद्दार सामाग्रीको व्यवस्था गरिएको छ । उक्त आपतकालिन केन्द्रको उद्धेश्य विपद जोखिमको पहिचान र पुर्वानुमानहरुको प्रशारण गर्ने र पुर्वानुमानको आधारमा पुर्वकार्य गर्ने स्रोत साधनहरुको परिचालन गर्ने रहेको छ । उक्त केन्द्र हेलम्बु गाउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य छिरिङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठ, शिक्षा शाखा प्रमुख धनध्वज लामा, बिपद फोकल पर्सन हरिबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । साथै प्राक्टिकल एक्सनको तर्फबाट परियोजना अधिकृत मिनेस गुरुङ र (सि डि सि एफ ) को तर्फबाट परियोजना संयोजक इच्छाराम सापकोटाको उपस्थिति रहेको थियो ।
स्थानीय आपतकालिन केन्द्रमा ४० प्रकारका खोज तथा उद्दारको सामग्रीहरु रहेको सामुदायिक विकास तथा वातावरण संरक्षणका विपद फोकल पर्सन इच्छाराम सापकोटाले जानकारी दिनुभयो । पुर्वसुचना र मौसम सम्बन्धी जानकारी दिने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । उक्त केन्द्रबाट विपद तथा पुर्वसुचना सम्बन्धी जानकारीहरु लिन सकिने सापकोटाले बताउनुभयो । सुचना र जानकारीका लागी सर्वसाधारणको लागी खुला गरिएको छ भने उक्त स्थानीय आपतकालिन केन्द्र स्थापना समुदाय केन्द्रित बाढिमा आधारित पुर्वसूचना प्रणाली परियोजना अन्तर्गत गरिएको प्राक्टिकल एक्सनका परियोजना संयोजक मिनेश गुरुङले जानकारी दिनुभयो । उक्त परियोजना यु. यस. एड को आर्थिक सहयोग र प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (CDECF – Nepal ) को आयोजनामा सन्चालन भई रहेको छ ।
हस्तान्तरण कार्यक्रमको सन्चालन तथा केन्द्रमा रहेका सम्पुर्ण सामाग्रीहरुको विस्तृत जानकारी प्रदान गरिएको थियो । हस्तान्तरण कार्यक्रमको सन्चालन तथा केन्द्रमा रहेका सम्पुर्ण सामाग्रीहरुको विस्तृत जानकारी परियोजनाका सामाजिक परिचालक श्याम सुन्दर लामिछानेले गर्नु भएको थियो ।