आजदेखि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशन बाह्रबिसेमा हुदै छ ।
चैत्र ९ र १० गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट चुनिएर कार्यसमितिका पदाधिकारी र सदस्य पदका लागि नयाँ तथा पूराना ब्यापारी ब्यबसायीले उम्मेदवारी दिएका छन् । प्रथम उपाध्यक्षको लागि भेष बहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह कोषाध्यक्षमा उद्दब पौडेल र महिला सदस्यमा चमेली श्रेष्ठ कल्याणी घिसिंग निर्बीरोध निर्बाचित हुनु भएको छ भने बाँकी पदहरुमा निर्वाचन हुँदै छ ।
संघको अध्यक्ष पदका उम्मेद्वारहरु मध्य कसले बाजी मार्नै हो त्यो हेर्न बाँकी छ । अध्यक्षका उम्मेदेवार बुद्धराज बस्नेत, शम्भु तिमिल्सीना सुमन खत्रीप्रतिस्पर्धामा रहनु भएको छ । बरिष्ठ उपाध्यक्षमा भने उमेश प्रधान बिदुर प्रसाद पराजुली,सुर्य बहादुर कार्की बिच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी द्धितीय उपाध्यक्षमा इन्द्र राउत र राजेश श्रेष्ठ बिच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी सचिबमा तिर्थ राज पौड्याल र मोहन भक्त श्रेष्ठ बिच प्रतिस्पर्धा हुने भएको छ ।
कार्यसमिति सदस्य (खुल्ला)पद संख्या – १५ को निर्वाचन हुन पर्नेमा अम्बर बहादुर श्रेष्ठ (उमेश),अशोक कुमार श्रेष्ठ,ईश्वर खत्री,उद्धव तिमल्सिना,उमेश श्रेष्ठ,कुमार थापा,गणेश नेपाल,घननाथ तिवारी ( नवराज), चित्र कुमार चौलागाई (सी.के),चेङा शेर्पा, दल बहादुर रुम्बा,दावा ग्याल्जेन शेर्पा,दिनेश रोक्का (रोक्का,नवराज भट्टराइ,प्रकाश पौडेल,भूपेन्द्र थापा,मणिक लाल श्रेष्ठ,राज कुमार बस्नेत,राज कुमार राई (भट्ट), रन्जित पौडेल,राम कृष्ण बस्नेत,विजय शेर्पा,विदुर खड्का, विनोद बहादुर गुभाजु,शिवराम दंगाल,शिवहरि श्रेष्ठ, सन्तोष सापकोटा, सुरज तिमल्सिना, सुशान्त भट्टराई, हेम बहादुर योञ्जनबिच प्रतिस्पर्धा भइरहेको छ । संघको आजीवन सदस्य समेत रहनु भएका द्धितीय उपाध्यक्षका उम्मेदवार इन्द्र राउतले संघलाई स्थानीय तथा नाका आबद्ध ब्यापारी ब्यबसायीको साझा संस्था बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँनु भयो । उँहाले आफू बिजयी भएमा तातोपानी नाकालाई पूरानै लयमा फर्काउने काम गर्ने, स्थानीय ब्यापारी ब्यबसायीको पेशागत हकहितमा लाग्ने बताउँनु भयो । सिन्धुबासीलाई समृद्ध बनाउनका लागि पहिचान र आवश्यकताको आधारमा बिकासका मोडल तयार गरी ब्यबसायिक कामको थालनी गराउने, सामान्य ब्यापारी ब्यबसायीले सुरक्षित रुपमा ब्यापार ब्यबसाय गर्न पाउने वातावरण बनाउने, नाकाबाट आयात र निर्यातका लागि नेपाल सरकार, चिनियाँ सरकार र राजदुताबासलय, सुरक्षानिकाय सबैलाई पहल गर्ने लगायतका एजेण्डा अनुरुप काम गर्नेे बताउँनु भयो । यसकारण सबै सदस्यले भारी मतदान गरेर द्धितीय उपाध्यक्षमा जिताउन अनुरोध गर्दै आफ्नो क्रम संख्या १ रहेको बताउँनु भयो । व्यवसाय क्षेत्रमा लामो समय काम गरिरहनु भएका समाजसेबी अम्बर बहादुर श्रेष्ठ –उमेश) ले सदस्य पदमा उम्मेद्वारी दिनु भएको छ । उँहाले आफु व्यवसायीहरुको हक हित र संरक्षणका लागी काम गरिरहेकाले अबउ द्योग बाणीज्य सघमा कार्य समितीको सदस्य पदमा बसेर काम गर्ने , साना ठुला व्यवसायीका हितका लागी सध लागी पर्ने भएकाले व्यवसायी साथीहरुकै अनुरोधमा उम्मेदवारी दिएको बताउँदै उद्योमीहरुको समस्याको पहीचना गरी समाधान गर्न का लागी पनी आफु सदस्य पदमा जान पर्नै बताउँदै सबेले त्र।म सख्या १मा मतदान गरेर आफुलाइ बिजय बनाउँन आग्रह गर्नु भयो । युवा ब्यापारी सुरज तिमल्सिनाले आफुले सदस्य पदमा उम्मेदवारी दिएको बताउँदै आफुलाइ जिताउँन आग्रह गर्नु भएको छ । उँहाले संघमा नयाँ युवालाई पनि स्थान दिएमा जिल्ला भरका ब्यापारी ब्यबसायीका हकहितमा नयाँ काम गर्न सक्ने बताउँनु भयो । तातोपानी नाका, केरुङ नाका आबद्ध भई ब्यापारिक काम गरिरहनु भएका सुरजले आफूलाई सबैले मतदान गरेर सदस्यमा जिताउन आग्रह गर्नु भयो । उँहाले साना, मझौला, ठूला ब्यापारी ब्यबसायीको हकहित र अधिकार सुनिश्च्यतता गनृका लागि आफूलाई जिताउन पर्नै भन्दै जिल्ला र जिल्लाबासीलाई समृद्ध बनाउन ब्यापार, ब्यबसाय, कृषि, जलस्रोत, पर्यटन लगायतका क्षेत्रको समुचित प्रयोग गरेर समृद्धि हाँसिल गर्न आफू लाग्ने एजेण्डा छ । उहाँको क्रम संख्या २७ रहेको छ ।चौतारा बजारमा हार्डवेयर ब्यापारमा संलग्न भुपेन्द्र थापाले आफूलाई सदस्य पदमा बिजय गराउन सबैलाई आग्रह गर्नु भएको छ । यस अघी पनी सामाज सेवामा समेत लाग्नु भएको थापा सिन्धुवाल्चोक जिल्लाका ब्यापारी ब्यबसायीका हकहितमा निरन्तर काम गर्दै आउँनु भएका थापा आफूलाई जिताएमा सबै क्षेत्रका ब्यापारी ब्यबसायीका समृद्धिमा लाग्ने बताउँनु भयो । नाका आबद्ध मात्रै नभई स्थानीय बजारमा ब्यापार ब्यबसाय गर्दै आएका सबैको ब्यापारिक सुरक्षाका लागि आफू लाग्ने बताउँनु हुने थापाको क्रम संख्या …..रहेको छ । अर्का सदस्य पदका उम्मेदवार चौतारा बजारमा पुस्तक तथा स्टेश्नरी ब्यबसायमा लाग्नु भएका कुमार थापाले जिल्लाभरका स्थानीय ब्यापारी ब्यबसायीका हकहितमा काम गर्ने, पेशागत सुरक्षा र समृद्धिका लागि निरन्तर लाग्ने भन्दै नाका आबद्ध होस् या स्थानीय ब्यापारि ब्यबसायी हुन, सबैको ब्यापारिक कारोबारमा उल्लेखनीय उपलब्धी हाँसिल गर्न आफू लाग्ने बताउँनु भयो । उँहाले जिल्लालाई के कसरी समृद्ध बनाउन सकिन्छ, त्यहि अनुरुपको योजना निमार्ण गरी कार्यान्वयनमा लाग्ने बताउँनु भयो।यसै गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशन तथा २८ औं बार्षिक साधारणसभामा सदस्य पदमा आफूलाई जिताउन सुशान्त भट्टराईले पनी मतदाताहरु सँँग आग्रह गर्नू भएको छ ।उँहाले आफु युवा तथा सफल ब्यबसायी भएकोले तातोपानी नाका आबद्ध ब्यापारी, ब्यबसायी र स्थानीय ब्यापारी ब्यबसायीका हकहितमा काम गर्ने बताउँनु भयो ।उँहाले जिल्लालाई ब्यापार ब्यबसाय, उद्योग, कलकारखानाको ब्यबसायिक सुरक्षाबाट समृद्धि दिलाउन आफूलाई जिताउन संघसंग आबद्ध सदस्यहरुलाई अनुरोध गर्नु भयो । उँहालेअग्रजहरुलाई सम्मान गर्दै उँहाहरुबाट अनुभव लिई सबै खाले ब्यापारी ब्यबसायीका हितमा आफू तल्लीन रहने ,नयाँ, पूराना ब्यापारी ब्यबसायीको कार्य अनुभव संगालेर जिल्लाको ब्यापार ब्यबसायमा समृद्धि ल्याउने योजना कार्यान्वयन गर्न पनि आफूले जित्नु पर्ने बताउँनु भयो । तातोपानी नाकालाई भूकम्प अघिकै अबस्थामा ल्याउन, आयात निर्यात बृद्धि गर्न नेपाल सरकार र चिनियाँ सरकारलाई पहल गर्न आफू निर्वाचित हुन पर्ने भएकाले आफुलाइ जिताउँन आग्रह गर्नू भएको छ ।
