सम्पर्क

विगतमा व्यवसायीहरुको माझमा बसेर गरेको काम नै जितको आधार होः बस्नेत

२०५५ सालबाट व्यवसाय क्षेत्रमा प्रबेश गर्नु भएका बुद्धराज बस्नेत २०६४ सालबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गर्नू भएको थियो । २०६७ सालको अधिवेशनबाट द्वितिय उपाध्यक्ष हुनु भएका बस्नेत हाल संघको सल्लाहकार समितिको सहसभापति समेत हुनुहुन्छ । यहि चैत ९ र १० गते बाह्रबिसेमा हुन लागेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औं अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बुद्धराज बस्नेतसँग अधिबेशनको सेरोफेरोमा रहेर लोकप्रिय समाचारको लागी बिपना तामाङले गरेको कुराकानीको अशं ः

तपाई अहिले के गर्दै हुनुहुन्छ ?
म खाशगरी अहिले यहि चैत्र ९ गते र १० गते सिन्धुपाल्चोक उद्योग बाणीज्य संघको ११औ अधिबेशन हुँदै छ, त्यही अधिबेशनमा केन्द्रित छु ।
मैले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु आफुलाई बिजय गराउँनका लागी व्यवसायीहरुसँग अनुरोध गरिरहेको छु ।

तपाईको अध्यक्ष पदमा जित्ने आधार के छ ?
मैले जित्ने आधारहरु धेरै छन् । पहिलो त म विगतमा व्यवसायीहरुको हितमा आफूले गरेको काम नै आफ्नो जितको आधार हो । दलगत स्वार्थमा नलाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेको छु । यसैगरी स्थानीय कम्पनीहरुलाई प्रबद्र्धन गर्दै आर्थीक स्तरलाई बढवा दिने हाल जिल्लामा सञ्चालमा रहेका साना वा घरेलु र मझौला उद्योगहरुसँग समन्वय गरेर बजारीकरणको लागि पहलकदमी लिने, अहिले संघमा जिल्लाका सबै क्षेत्रलाई समान रुपले समेट्न नसकेकाले आफूले जिल्लाभर रहेका १०३ वटै वडाका साना ठुला उद्योगी÷व्यावसायीहरुलाई संघमा आवद्ध गराउने विगतमा संघको विभिन्न भूमिका निर्वाह गरिसकेका यस पटक स्थानीय उद्योगलाई बढावा दिंदै जिल्लाको अर्थतन्त्र बलियो बनाउने काम, लगाएतका मेरा योजनाहरु र बिगतमा लामो समयसम्म व्यवसायीहरुको माझमा बसेर गरेको काम नै मेरो जित्ने आधार रहेको छ ।
स्वभाविक रुपमा उद्योग वाणिज्य संघ व्यवसायीहरुको हकहितको लागि क्रियाशिल संस्था हो । मैले विगतमा व्यवसायीहरुको हकहितमा निर्वाह गरेको भूमिकाका कारण मतदाताहरुले मलाई मतदान गर्नु हुनेछ भन्ने विश्वास छ । म पदीय हैसियतमा रहँदा पनि र जिम्मेवारी बाहिर रहँदा पनि व्यवसायीकोे हितमा काम गरेको छु ।

तपाई लामो समय संघसँग आबद्ध हुनहुन्छ अहिले अध्यक्षमा मत दिनै पर्ने कारण के हो ?
विशेषगरी संघलाई सबै व्यवसायीहरुको संस्था बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान र मजबुत बनाउनका लागि मेरो उम्मेदवारी हो । यसअघि म संघको बिभिन्न पदमा रहेर उद्योग व्यवसायीहरुको हितका लागी काम गरिहेको छु । यो अबस्थामा मलाई व्यवसायीहरुले मेरा बिगतका कामहरुलाई मुल्याङ्कन गरेर मत दिने छन् । अर्काे कुरा मेरा अध्यक्षमा उम्मेदवार दिनका लागी व्यवसायी साथिहरुबाटै दवाव आएको हुँदा उहाँहरुकै साथ र सहयोगमा उम्मेदेवार दिएको छु, त्यसैले उहाँहरुले मलाइ मत दिएर अध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका पाउँने छु भन्ने मलाई लागी रहेको छ ।

तपाईको योजनाहरु के के छन् ?
मैले अघी पनी भनी सकेको छु मैले खाशगरी साना ठुला व्यवसायीहरुको लागी उद्योग बाणिज्य सघंलाई वास्तविक अभिभावकको रुपमा रहेको प्रमाणित गरेर देखाउँनका लागी १०३ वटै वडामा उपस्थिती देखाउँनु नै मुख्य योजना रहेको छ ।
मैले जिल्लाको ब्यापार बिस्तारमा प्रमुख भूमिका रहेको नेपाल र चीनबीचको पहिलो ब्यापारिक नाका तातोपानी नाकालाई पूर्ण रुपमा सञ्चालन गरी पुर्ववत अवस्थामा ल्याउने पछिल्लो समय कृषि पेशालाई कसैले पनि प्राथमिकतामा नराखेको हँुदा यसलाई प्राथमिकतामा राखेर उत्पादनमुखी काम गर्ने, संघले समय समयमा जिल्लाका फरक फरक क्षेत्रमा ब्यावसायीहरुसँग छलफल र अन्तरक्रिया गरी उनीहरुलाई परेका समस्याबारे यथार्थ जानकारी लिने र समाधानका लागि तत्कालै पहल गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग समन्वय गरेर काम गर्ने, संघको आर्थिक अवस्थालाई थप मजदुत बनाउने कामलाई प्राथमिकतामा राख्ने, यसका लागि दिर्घकालीन आम्दानीका स्रोतहरु खोजी गर्ने, समुदायलाई सामुहिक सफलताका लागी एकता कायम गर्दै हरेक व्यवसायीहरुको समस्या पहिचान गरि समस्या समधानका लागी बिशेष कार्यक्रम ल्याउँने, हरेक निर्णयहरुलाई पारदर्शीता र अखण्डताले मार्ग दर्शन गर्ने संघसँग आबद्ध व्यवसायीहरुको हक हित र संरक्षणका लागी उँहाहरुको राय सुझाब अनुसार काम गर्ने, सिन्धुपाल्चोक उद्योग बाणीज्य संघलाई १०३ वटै वडाभित्र रहेका सबै उद्योगीहरुको अभिभावाक हो भन्ने गरी काम गर्ने लगाएतका मेरा योजनाहरु छन् ।

ठूला र नाकाका व्यावसायीहरुको मात्र संस्था भयो भन्ने व्यवसायीको गुनासो कसरी सम्बोधन गर्नुहुन्छ ?
स्वभाविक रुपमा नाकासँग सम्बन्धित धेरै साथीहरु संघको सदस्य हुनुहुन्छ ।
यद्यपि यो संघ समग्र जिल्लाका व्यावसायीहरुको हकहितका लागि क्रियाशील हुनुपर्छ । म यस क्रममा साथीहरुसँग भेटघाट गर्न मेलम्ची, चौतारा लगायतका विभिन्न ठाउँमा पुगें ।
केही साथीहरुले यो गुनासो गर्नुभएको हो । त्यसैले म संघको अध्यक्ष निर्वाचित भएँ भने साना तथा मझौला व्यावसायीहरुलाई प्रवद्र्धन गर्ने कार्यक्रम बनाउँछु । मैले फेरी दोहार्याए म १०३ वटै वडाको उद्यमीहरुको घरदैलोमा संघलाई लैजान्छु ।
सबैको उद्यमी तथा नागरिकहरुमा संघको उपस्थिती देखाएर समृद्ध जिल्ला निर्माणमा भुमिका निर्बाह गर्ने छु । मैले स्थानीय उद्योगहरुको सम्वद्र्धन गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने प्रयास गर्ने छु । अहिले संघ बजार क्षेत्रहरुमा मात्र सीमित भएको अबस्था छ । म निर्वाचित भएँ भने जिल्ला भरका सबै ठाउँ र क्षेत्रका व्यवसायीलाई संघसँग जोडेर लाने छु । संघलाई आर्थिक क्षेत्रको मात्र नभएर समग्र जिल्लाको नागरिक संस्थाको रुपमा विकास गर्नेछु । विशेष गरी कृषि क्षेत्रलाई अलि उपेक्षा गरेको हो कि भन्ने देखिन्छ ।
कृषि क्षेत्रको विकास बिना समग्र देशको समृद्धि सम्भव छैन । म अध्यक्षमा निर्वाचित भएँ भने निर्वाहमुखि कृषि व्यवसायलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा अघि बढाउन प्राथमिकता दिनेछु । फेरि संघलाई चुस्त र व्यावसायीहरुको हकहितमा काम गर्ने गरी अघि बढाउन पनि मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । विशेषगरी संघलाई सबै व्यवसायीहरुको संस्था बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान र मजबुत बनाउनका लागि मेरो उम्मेदवारी हो । अहिले संघ बजार क्षेत्रहरुमा मात्र सीमित भएको अबस्था छ । म निर्वाचित भएँ भने जिल्ला भरका सबै ठाउँ र क्षेत्रका व्यवसायीलाई संघसँग जोडेर लाने छु । र, संघलाई आर्थिक क्षेत्रको मात्र नभएर समग्र जिल्लाको नागरिक संस्थाको रुपमा विकास गर्नेछु मेरो नेतृत्वमा उप्रान्त यस्तो गुनासो नआउँने गरी यो गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने छु ।

व्यवसाय भन्ना साथ खरिद, बिक्री गर्ने व्यवसायी मात्र हुन भन्ने कुरामा तपाईको बिचार के छ ?
विशेषगरी व्यवसायी भनेको खरिद बिक्री गर्ने मात्र होइन उत्पादनमुखी काम गर्ने, साना ठुला सबै पर्छन् । कृषक, खुद्रापसले, लुगा सिउने, सामान बनाउँने पत्रपत्रीका रेडीयो सञ्चालन गर्ने सबै उद्यमी हुन् । पशुपन्छी पालक, सानाठुला सबै उद्यमी हुन् । खाशगरी कृषि क्षेत्रलाई अलि उपेक्षा गरेको हो कि भन्ने देखिन्छ । कृषि क्षेत्रको विकास बिना समग्र देशको समृद्धि सम्भव छैन । म अध्यक्षमा निर्वाचित भएँ भने निर्वाहमुखि कृषि व्यवसायलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा अघि बढाउन प्राथमिकता दिनेछु । साथै घरेलु उद्योगको बिस्तार र बजारीकरणलाई जोड दिनेछु । कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुका साथै समृद्ध जिल्ला निर्माण गर्नका लागि आबश्यक पहल गर्नेछु । साना र मझौला व्यवसायीलाई सहुलियतमा ऋण उपलव्ध गराउन बैंक तथा बित्तीय क्षेत्रसँग समन्वय गरेर सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्नेछु । मेरो मुख्य प्रतिवद्धता भनेकै हलोदेखि हाइड्रोसम्मका व्यवसायीलाई सँगै लिएर हिंड्ने नै हो ।
सबै प्रकारका व्यावसायीलाई उत्तिकै प्राथमिकताका साथ उहाँहरुको हक हितमा निरन्तर लागिपर्ने छु । कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुका साथै समृद्ध जिल्ला निर्माण गर्नका लागि आबश्यक पहल गर्नेछु । साना र मझौला व्यवसायीलाई सहुलियतमा ऋण उपलव्ध गराउन बैंक तथा बित्तीय क्षेत्रसँग समन्वय गरेर सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्नेछु । मेरो मुख्य प्रतिवद्धता भनेकै हलोदेखि हाइड्रोसम्मका व्यवसायीलाई सँगै लिएर हिंड्ने नै हो ।

लामो समयदेखि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको अबस्थामा पुनः आफ्नै ठाउँमा फर्काउन यहाँको भूमिका के हुनेछ ?
लामो समयको अथक प्रयासपछि तातोपानी नाका सञ्चालनमा आएको छ । अब यसलाई साना व्यवसायीको पहुँचमा पु¥याउन सम्बन्धित पक्षसँग छलफल गरेर दिर्घकालीन रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु । सबै व्यवसायीलाई सहज रुपमा व्यापार गर्ने वातावरण निर्माण गर्न म नेतृत्व लिनेछु । मैले यस नाकालाई पूर्बवत स्थितीमा ल्याउँनका लागी हरेक निकायसँग पहल गरेर काम गर्ने छु ।

अन्तमा केही भन्नुपर्ने छ कि ?
मैले भनी रहन पर्ने धेरै कुरा छैन । किनभने भन्नुभन्दा पनि काम गर्नुपर्छ । म व्यवसायीहरुको हक हितका लागी काम गर्ने मान्छे । म व्यवसायी, मजदुर , साना तथा ठुला व्यपारी, उत्पादन कर्ता कृषक, सञ्चारकर्मी सबैलाई समेटेर काम गर्ने छु भन्दै मेरो अध्यक्षको क्रम संख्या १ हो म सबैको समस्या आफ्नै समस्या ठानेर समस्या समधानमा पहल गर्ने छु । सबैको हितका लागी काम गर्ने छु मैले व्यवसायीको हितका लागी काम गर्नका लागी मैदानमा आएको छु । त्यस कारण मलाई मत दिन आग्रह गर्दै मेरो केही भनाइहरु राख्ने मौका दिनु भएकोले लोकप्रिय समाचार राष्ट्रिय दैनिक परिवारलाई बिशेष धन्यबाद दिन चाहन्छु । फेरी पनि मलाई अध्यक्ष पदमा मतदान गरेर जिताईदिन हुन सम्पुर्णमा अनुरोध गर्दछु । धन्यवाद ।