सम्पर्क

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २८औं बार्षिक साधारण सभा तथा ११औं अधिवेशन बाह्रबिसेमा

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २८औ साधरण सभा तथा ११औ अधिबेशन बाह्रबिसेमा एक समारोहका बिच सुरु भएको छ ।
पूर्ब स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा माननीय माधव सापकोटाको बिशेष अतिथ्यतामा र मानीय कृष्ण कुमार तामाङ समिर, जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ, उद्योग बाणीज्य संघका सुरु कृष्ण वैद्य लगाएतको अतिथ्यतामा भएको अधिबेशनको उद्धघाटन पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । आजीवन सदस्यहरुलाई सम्मान सहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मोहन बहादुर बस्नेतले तातोपानी नाका खोल्न पहल त गरिएको होे, तर कुन नेताले भन्ने कुरा आउन सक्छ । अहिले चिनियाँ समुहसँग कुरा गर्न नसकेको कारण त्यति चलेको अवस्था छैन अब चाडै सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
बाह्रबिसेबाट शिक्षाको क्षेत्रमा कक्षा १२ सम्म निःशुल्क भएको र निशुल्क शिक्ष अन्य पालिकाहरुले पनि गर्न थालेकोले राम्रा कामको सुरुवात ढिलो हुन्छ तर सबैले मान्छन् र सबैले लागु गर्छन् भन्नु हँुदै विपतको बेलामा बाणिज्य संघले ठुलो सहयोग गरेको बताउनुभयो । यसरी नै सहयोग गर्दै जान पर्छ भन्दै निर्वाचित हुने बाणिज्य संघको प्रतिनिधित्व गर्नेहरुलाई काम राम्ररी गर्नु आग्रह गर्नुभयो । उहाँले उद्योगको क्षेत्रमा सिन्धुपाल्चोक कमि भएको बताउँदै उद्योग र व्यापारलाई सँंगै लैजान सकेमा सिन्धुपाल्चोकको आर्थिक रूपमा सबल बन्ने बताउँनु भयो ।
यसैगरी बिशेष अतिथी माननीय माधव सापकोटा सुबोधले; राजनीती दलभन्दा पनि माथि उठेको नेपालको अर्थतन्त्र चुनौतीको रूपमा रहेको बताउँनु भयो । उहाँले उत्पादन नागरिकको हुने बजार सरकारको हुने अवस्था नभएसम्म बेरोजगार उन्मुलनको कुरा मात्रै गरेर अर्थ नहुने बताउँनु भयो । उहाँले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिदै राष्ट्र निर्माणमा उद्योगीहरुको महत्वपुर्ण भुमिका हुने बताउँदै त्यो भुमिका निर्वाह गर्नू पर्ने बताउँनु भयो । उहाँले निजी क्षेत्रमा विकास गर्न सकियो भने मात्र देश उन्नतिको बाटो तर्फ लम्किन्छ भन्दै यस क्षेत्रको सरक्षणका लागी आफु सँधै लागी पर्ने बताउँनु भयो ।
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले सरकारले आशा भरोसा निजी क्षेत्रलाई केही गिरदिन पर्ने भन्दै रोजगारी कसरी दिलाउने र उत्पादनमा कसरी वृद्धि गर्न पर्ने भन्ने बिषयमा केन्द्रति रहन पर्ने बताउँनु भयो ।
बागमती प्रदेस सभाका माननीय कृष्ण कुमार तामाङ समिरले व्यपार व्यवसायले राज्यको ढुकुटी चलेकोमा दुईमत नरहेको भएता पनि व्यवसायीहरुले पनी राज्यसँँग लिन पर्ने सुबिधा लिने र आफुले राज्यलाई गर्न पर्ने सहयोग गरिरहेको आफुले पाएको बताउँनु हुँदै संघको नयाँ नेतृत्वले पनी यसलाई निरन्तरता दिदै व्यवसायीको हितका लागी अगाडी बढ्न पर्ने बताउँनु भयो । बाह्र्रबिसे नगर पालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेतले बिदेस जाने युवाशक्तीलाई रोक्ने भनेर मात्र हुँदैन कसरी रोक्ने भन्ने बिशषमा ध्यान दिन पर्ने बताउँनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्ला तिब्बतसंँग जोडिएको जिल्ला भएकोले उद्योग बाणिज्य संघपनि त्यतै केन्द्रित जस्तो देखिनु स्वभाबिक भए होम बहादुर बस्नेत नेतृत्वले समग्रमा सबै जिल्ला बासिकोका लागी धेरै राम्रा कामहरु गर्नु भएको छ भन्नु भयो ।
जिल्ला सम्मन्वय प्रमुख बाल कृष्ण श्रेष्ठले तातोपानी नाका सफल रहोस तस्करीलाई नियन्त्रण गर्नुपर्छ, इमान्दारलाई प्रोत्साहन गर्नु पर्छ भन्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले उद्योगी व्यवसायिहरुलाई आफुहरुले जहिले जतिखेर पनी सुरक्षाको वातावरण मिलाएकोले ढुक्क भइर काम गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष जिवन श्रेष्ठले ठुला व्यपारी मात्र होइन साना व्यापारीको पनी आवाज बुलन्द हुनपर्ने बताउँनु भयो ।
कार्यक्रममा सँस्थाका सँस्थापक अध्यक्ष लागाएत यद्योग व्यवसायी प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले सभापतित्वको तर्फबाट स्वागत मन्तब्य राख्दै संघले गरेको तीन वर्षका कार्यप्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो ।
संघका माहासचिव शम्भुबहादुर तिमिल्सिनाले सञ्चालन गर्नू भएको उक्त कार्यक्रमको समापन भने निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले गर्नूभएको थियो । संघको आज (शनिबार) बिहान ८ बजेबाट मतदान सुरु हुने
भएको छ ।