सिन्धुपाल्चोक जिल्लाको इर्खू माध्यमिक बिद्यालयले मङ्गलबार एक कार्यक्रमको आयोजना विद्यालयमा लामो समय कार्यरत शिक्षकहरु लाई बिदाइ सम्मान गरेको छ । बिद्यालयले गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा लामो समय देखी बिद्यालयमा कार्यरत गणेश कटुवाल, सबिन दंगाल र सुष्मा लामालाइ सम्मान गरिएको हो । सो अबशरमा छैंठौ नगर स्तरीय राष्ट्रपति कपमा पदक विजेता खेलाडिहरुलाई समेत सम्मान गरिएको प्रधानध्यापक प्रकाश दङ्गालले जानकारी दिनु भयो ।
सम्मानीत हुनु भएका हरुले विद्यालयका पुर्व प्रधानाध्यापक तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल, हालका प्रधानाध्यापक प्रकाश दंगाल, विव्यस अध्यक्ष भगवान खड्का तथा विव्यस पदाधिकारी, सहकर्मी मित्रहरु, अभिभावकहरु, पुर्व विद्यार्थी र विद्यार्थी कृतज्ञता व्यक्त गर्नु भएको छ । यसरी कृतज्ञता व्यक्त गर्दै गणेश कटुवालले इर्खुको बसाइ समयले लामो भए पनी आफुलाइ भने छोाटो लागेको बताउँनु भयो । यसै गरी सबिन दङ्गगालले विद्यालयले आयोजना गरेको फेरि भेटौला कार्यक्रममा निमन्त्रणा गरी सम्मान गरेकोमा विद्यालय परिवार प्रति हार्दिक आभार प्रकट गर्नुको साथै विद्यालयमाको बसाइ ऐतीहासिक भएको बताउँनु भयो । यसै गरी शिक्षीका सुष्मा लामाले इर्खु माध्यमिक बिद्यालयबाट आफुले सासाना भाइ बहीनीहरुलाइ शिक्ष्नाा सिकाउँने क्रममा बिद्यालय प्रशासन तथा बिव्यवस अभिभावक का साथै बिद्यार्थीहअरु साँग पनी धेरै कुरा सिक्ने मोका पाएको बताउँनु भयो । बिव्यस अध्यक्ष भगवान खड्का, र प्रअ प्रकाश दङ्गालले शिक्षकहरु र करोते शिक्षक युनिक तामाङ्ग, उसुका प्रशिक्षक बिशाल थापा सिन्जालीलाइ सम्मान गर्दे एस इ इ २०८०मा सहभागी बिद्याथीएहरुलाइ सफलताको कामना गर्नू भएको थियो ।
