सम्पर्क

सिन्धु स्वास्थ्य परियोजनाको अन्तरक्रीया चौतारामा

नेत्रबहादुर बस्नेत चौतारा, सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीको सभाहलमा सिन्धु स्वास्थ्य परियोजनाले पत्रकारहरु सँग अभिमुखीकरण तथा अन्तर क्रिया कार्यक्रम गरेको छ । महीला आत्मा निर्भर केन्द्र फेयरमेड फाउण्डेशन को साझेदारीमा सञ्चालन भएको परियोजनाको बारेमा जानकारी दिन र हाल सम्म भएका कार्यक्रमहरुको बारेमा जानकारी दिने मुख्य उद्धेश्यले गरिएको अन्तर क्रिया कार्यक्रम महीला फेयरमेड फाउण्डेशन, आत्मा निर्भर केन्द्रको आयोजना र पत्रकार महासंघको सम्मन्वयमा गरिएको हो । कार्यक्रममा परियोजनाका व्यवस्थापक महीला आत्मा निर्भर केन्द्रका कृष्ण बहादुर गुरुङ्गले जँहा स्वास्थ्यको पहुँच पुगेको छैन त्यँहा परियोजना गएर काम गरेको बताउँदै खाश गरी माझी,दनुवार, पहरी , थामी दलीत तथा अन्य पिछडीएका जनजाती उपेक्षीत, उष्ण,प्रदेशिय रोगहरुबाट प्रभावीत ब्यक्तीहरुलाइ लक्षीत गरेर सञ्चालन गरिएको बताउँनु भयो । यँहाले उपेक्षीत भन्नाले हेला गरेको कसैद्धारा वास्ता नगरिएका गरिबीका रेखा मुनी रहेकाहरु हुने गरेको बताउँनु भयो । उँहाले त्यस्ता काहा गएर सेवा प्रदान गर्नू मुख्य लक्ष्य रहेको बताउँनु भयो । कार्यक्रममा परियोजना प्रमुख शोभाराम भण्डारीले जिल्लाको १२वटा पालिका मध्य तिनवटा नगरपालिका बाह्र्बिसे नगरपालिका, चौतारासाँगाचोकगढी नगर पालिका, मेलम्ची नगरपालिका ,बलेफी गाँउपालिका सुनकोशी गाँउपालिका, र इन्द्रावती गाउँपालिकामा परियोजना सञ्चालनमा रहेको बताउँनु भयो । कार्यक्रममा स्वास्थ्य कर्मीहरुलाइ कुष्टरोग परिक्षण सम्बन्धी रेबिज रोग सम्बन्धी तालीम दिएको अपाङ्गता भएका, कुष्ठरोगीहरुलाइ जिबीकोपर्जनका लागी सहयोग लगाएतका कामहरु गरेको जानकारी दिनु भयो । कार्यक्रममास्थानिय स्वास्थ्य प्रणालीको सवलीकरण गर्दै स्वास्थ्य संस्थाहरु बाट गुणस्तरिय मातृशिशु स्वास्थ्य तथा उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धि सेवामा पहुँच अभिबृद्धीमा सहयोग गर्नेअपाङ्गता भएका व्यक्तिहरु लगायत पिछडिएका समुदायहरु जस्तै माझी , दनुवारमा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक क्रियाकलापहरु मार्फत व्यवहार परिवर्तन गरी आधारभूत स्वास्थ्य सेवाको प्रयोगमा बृद्धी गर्ने. विभिन्न स्वास्थ्य सम्वन्धी आपत्तकालिन अवस्थामा तयारी तथा प्रतिकार्यमा गाउं तथा नगरपालिकाको क्षमता अभिबृद्धीमा सहयोग गर्ने । प्रभावकारी परियोजना व्यवस्थापनको लागि अनुसन्धान, अनुगमन, मुल्यांकन व्यवस्थापनलाई सुदृढ बनाउने लगाएत को उद्धेश्यका साथ सञ्चालन भएको परियोजनाले जिल्लामा रहेको गरिबी रेखामुनीका नागरिकहरुलाइ ठुलै राहात पुगेको छ । कार्यक्रम महीला आत्मा निर्भर केन्द्रका अध्यक्ष सञ्चमाँया स्याङ्गवोको सभापतित्वमा भएको थियो । कार्यक्रमको सचलन भने परियोजनाकासयोजक मनीसा हाडाले गर्नु भएको थियो । नेपाल पत्रकार महासघंका जिल्लख सभापती जिवन श्रेष्ठले जिल्लामा यती धेरै उपलब्धी मुलक काम गरिरहेको परियोजनालाइ बिशेष धन्यबाद दिदै सिन्धुपाल्चोकको समृद्धका लागी अगाडी बढेकोमा प्रश्रसा गर्नू भयो । कार्यक्रममा सञ्चार कर्मीहरुले परियोजनाका बारेमा कार्यक्रमहरु गर्दा सञ्चार कर्मीहरु सँग पनी समँँन्वय गरेर अगाढी बढेमा अझ बढी प्रभावकारी हुने बतएका थिए ।