सम्पर्क

वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि बरुवा सिर्जनशिल युवा समूहलाई

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका –२ प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८० को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आईतबार सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले जानकारी दिनुभयो । त्यस्तै थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको उहाले जानकारी दिनुभयो । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए । बिजेतालाई पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबो, सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार प्रदान गर्नुभयो ।