सम्पर्क

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत निर्वाचित

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेत निर्वाचित हुनुभएको छ । संघको २८औ साधरण सभा तथा ११औ अधिबेशन अन्तर्गत बाह्रबिसेमा सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा बस्नेत ९ सय ५ मतले विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी सुमन खत्रीले ६ सय ८४ र शम्भु बहादुर तिमल्सिनाले दुई सय ९७ मत प्राप्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान ८ सय १२ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सूर्यबहादुर कार्की ६ सय ९४ र विदुर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेको थियो ।
द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत एक हजार ५२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी राजेश श्रेष्ठले ७ सय ९७ मत प्राप्त गर्नुभएको थियो । यसैगरी सदस्यहरूमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दाबा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित हुनुभएको छ ।