सुरक्षित आप्रवासन(सामी)कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा आप्रवासी नगर सञ्जाल गठन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकामा वैदेशिक रोजगारीहरूबाट फर्किएका व्यक्तिहरूको लागि श्याम युगल किशोर तामाङको अध्यक्षतामा नगर सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा बिमला श्रेष्ठ, सचिवमा सृष्टि जोन्से र कोषाध्यक्षमा मुक्तिमायाँ रहेका छन् । त्यस्तै सदस्यहरूमा रमेह ढुङ्गाना, होमनाथ नेपाल, प्रकाश श्रेष्ठ, सञ्चमान लामा लगायत १७ सदस्यीय गठन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सामी हेल्भेटास नेपालका भोजराज सुनुवारले वैदेशिक रोजगारको वर्तमान परिवेश, अवसर र चुनौती तथा नेपालमा वैदेशिक रोजगारको प्रभाव विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सामीका जिल्ला संयोजक अरुण पौडेलले विदेशबाट श्रम गरेर फर्किएका श्रमिकको सञ्जाल गठनसम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
