बैङ्किङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१२ का ४० वर्षीय भगवति ढकाल र लिसंखुपाखर गाउँपालिका–५ का ५४ वर्षीय टेण्डु भन्ने टेण्डुप लामा रहेका छन् ।
बिहीबार ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी मुडेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ढकालमाथि बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ चैत १७ गतेको फैसालाले १२ दिन कैद र १९ लाख जरिवाना ठहर गरेको थियो भने, लामामाथि उच्च अदालत पाटनको २०७९ फागुन १४ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ दिन कैद, ५ लाख जरिवाना ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चौतारा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
