सम्पर्क

ब्रेकिङ न्युज २

सडकबाटै जनताको पक्षमा भूमिका खेल्ने उज्यालो नेपाल पार्टीको घोषणा

सडकबाटै जनताको पक्षमा भूमिका खेल्ने उज्यालो नेपाल पार्टीको घोषणा

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफनो पार्टीले सडकबाटै जनताको प्रतिनिधित्व गर्दै देशका विभिन्न समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्याक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै जनताको अपेक्षा अनुसार काम गर्न नसकेको सरकारलाई खबरदारी गर्नु आफनो पार्टीको प्रमुख दायित्व रहेको उल्लेख गरे । उनले मुलुकको राष्ट्रियता सुदृढ पार्ने, विद्यमान आर्थिक तथा सामाजिक समस्याहरु समाधान गर्ने र देशलाई समृिद्घको दिशातर्फ अघि बढाउने उद्देश्यले उज्यालो नेपाल पार्टीले सशक्त ढंगले आवाज उठाउने स्पष्ठ पारे । “हामी सडकमै बसेर पनि जनताको पक्षमा सरकारको भूमिका खेल्छौँ । जनताले दिएका अधिकार र अपेक्षालाइृ केन्द्रमा राखेर हामीले काम गर्नेछौँ” उनले भने । घिसिङले राम्रो कामको सर्मथन गर्ने तर जनविरोधी गतिविधि र गलत नीतिह...

जेन्जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सरकार

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
जेन्जी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना बढिरहेको बेला सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की यस विषयमा केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफलमा जुटेकी छन् । प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बारे कुराकानी भइरहेको भएपनि मिति भने अझै टुंगो लागिसकेको छैन । गत भदौ २३ र २४ गते भएको जेन्जी युवाहरुको आन्दोलनका घटनाबारे अध्ययन गर्न गौरीबहादुर कार्कीका नेतृत्वमा आयोग गठन गरिएको थियो । सो आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । यद्यपि, गृहमन्त्री ओमप्रकाश अर्यालले चाँडै सार्वजनिक गर्न बताएका थिए, तर हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । यता, आन्दोलनका अगुवा र विभिन्न समूहरुले प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेका छन् । माइतीघर क्षेत्रमा दैनिकजसो प्रदर्शन समेत भईरहेको छ । उक्त प्रतिवेदनमा आन्द...
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ९ चैतः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो । उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिनुभयो । नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको ...
लिसंखुपाखरमा रास्वपाको बैठक, सुशासन र आगामी निर्वाचनमा केन्त्रित छलफल

लिसंखुपाखरमा रास्वपाको बैठक, सुशासन र आगामी निर्वाचनमा केन्त्रित छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
लिसंखु पाखार गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनपछिको समिक्षा बैठक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, कार्यकर्ता र स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन सुधार, जिम्मेवारीको स्पष्टता तथा आगामी स्थानीय तहको निर्वाचनका लागी आवश्यक रणनीति निर्माणका विषयमा व्यापक छलफल गएिको जनाइएको छ । गाउँपालिका सभापति गंगा बहादुर लामाले निर्वाचन खर्च पारदर्शी बनाउनु अत्यावश्यक रहेको बताउँदै सबै तहको जिम्मेवार व्यक्तिलाई आवश्यक कागजात पेश गर्न आग्रह गरे ।स्थानीय तहमा सुशासन कायम गराउन पार्टीले सक्रिय दबाब सिर्जना गर्ने निर्णय पनि बैठकले गरेको छ । केन्द्रमा पार्टीको उपस्थिति भए पनि स्थानीय तहमा अन्य दलको नेतृत्व भएकाले जनउत्तरदायित्व सुनिश्चित गराउन पहल आवश्यक रहेको धारणा राखिएको थियो । आगामी २०८२ को निर्वाचनलाई ध्यानमा र...
रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
चीनसँग जोडिएको महत्वपूर्ण व्यापारिक नाका रसुवागढीमा आगामी तीन महिनासम्म व्यापार प्रभावित हुने भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्ड स्तरोन्रतिको कामका कारण प्रत्येक महिनामा १५ दिन सडक बन्द गरिने भएपछि व्यापारमा असर पर्ने देखिएको छ । गल्छी– त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाले सूचना जारी गर्दे अप्रिलदेखी जुनसम्म सडक आवागमन आंशिक रुपमा बन्द रहने जनाएको छ । योजनाअनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्न रुपमा बन्द गरिनेछ । “चाइना एड स्याफ्रुबेशी रसुवागढी रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट” अन्तर्गत सडक स्तरोन्रतिको कार्य सुरु हुन लागेको हो । चिनियाँ निर्माण कम्पनीले उक्त   काम जिम्मा लिएको छ । आयोजनाका अनुसार जोखिमयुक्त स्थानहरुमा काम गर्दा निमार्ण सामाग्री र उपकरण व्यवस्थापन गर्नुपर्ने तथा सुरक्षका कारण सडक बन्द गर्नुपरेको हो । कामलाई तीव्र र सुरक्षि...
देशभर आज पनि मौसम खराब, बर्षा र हिमपातको सम्भावना

देशभर आज पनि मौसम खराब, बर्षा र हिमपातको सम्भावना

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न भागमा मौसम बदली भई हावाहुरी, वर्षा र हिमपात हुने समभावना रहेको छ । शनिवार बिहानदेखी नै देशका अधिकांश क्षेत्रमा बादल लागेको छ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही ठाउँमा चटयाङ र हुरीसहित वर्षा भईरहेको जनाइएको छ । महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दिउँसो देशका धेरैजसो स्थानमा बदली रहनेछ । कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा तथा कर्णाली र सुदुरपश्चिमका केही भागमा मेघगर्जन, चटयाङ, असिना र हुरीबताससहित वर्षा तथा हिमपात हुन सकने अनुमान गरिएको छ । यीमध्ये कोसी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिम पनि रहेको छ । रातिको समयमा पनि पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । केही स्थानमा हल्का वर्षा र हिमपात जारी रहने सम्भावना रहेको ...
त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
चिन जान लागेका तीन नेपाली ठुलो परिमाणको अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहिबार अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरीकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका १ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया संगीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवाल ले सो जानकारी दिएका हुन् । प्रहरीका अनुसार चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ मार्फत   काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका उनीहरुलाई अन्तराष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमै शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सो रकम बाह्य मुलुकतर्फ लैजान लागे...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाईते

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
खोटाङ –केपिलासगढी गाँउपालिका– बालाबेसीमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा एकजना घाईते भएका छन् भने अन्य सवारहरु सुरक्षित रहेका छन् । बुधबार दिउँसो करिब १२ः०३ बर्जे ९–एनयफक्यू’ नम्बरको हेलिकप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमेर ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । उक्त हेलिकप्टर काठमाडौँबाट शव लिएर खोटाङ पुगेको थियो । हेलिकप्टरमा पाइलट सविन सहित कुल ६ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय खोटाङको डीएसपी प्रकाश बुढाथोकीका अनुसार काजीबहादुर राई घाईते भएका छन् । घाईतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउन एयर डाइनेस्टीकै अर्को हेलिकप्टर घटना स्थल पठाइएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा कुनै ज्यानको क्षेति नभएको जानकारी दिएकी छन् । गाउँपालिका अध्यक्ष समिर राईका अनुसार अवतरणमा रमस्या आएपछि पुन  उडान भर्न खोज्दा हेलिकप्टर ...
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, ३ चैतः सर्वाेच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने भएका छन् । प्रतिष्ठानको प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको परिषद् बैठकले आजीवन सदस्यको दोहोरो भत्ता रोक्ने निर्णय गरेकामा त्यसबाट प्रभावित हुने सदस्यहरुले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । यही चैत १ गते सर्वाेच्च अदालतबाट रिट खारेज भएपछि अदालतको आदेश र प्रतिष्ठानको निर्णय कार्यान्वयन हुने प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिनुभयो । आजीवन सदस्यको दोहोरो सुविधा रोक्ने विषयमा प्रतिष्ठानको निर्णयलाई अदालतबाट अनुमोदन भएकाले अबदेखि सोही बमोजिम कार्यान्वयन उहाँको भनाइ छ । परिषद्को उक्त निर्णयविरुद्ध पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले रिट दायर गरेका थिए । य...
चितवनमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

चितवनमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चितवनमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। बागमती प्रदेश ०१–००३ प ४२९० नम्बरको कारले पैदल हिँडिरहेका अन्दाजी २०–२१ वर्षका एक युवकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । दुर्घटनामा उनको बाँया खुट्टा भाँचिएको थियो भने अवस्था गम्भीर रहेको कारण उनी बोल्न सक्ने अवस्थामा थिएनन्। घाइते युवकलाई तत्काल सरकारी अस्पताल भरतपुरमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा राति ११ः५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनी तराई मूलका जस्तो देखिने र करिब २१ वर्षका पुरुष रहेको बताइएको छ। दुर्घटनामा संलग्न कार र चालक भरतपुर महानगरपालिका–२ निवासी २० वर्षीय निर्मल मल्ल रहेका छन्। उनी हाल उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ। कारका कागजपत्रसहित सवारी साधन र चालकलाई जिल्ला प्रशासन कार्यालय चितवनको नियन्त्रणमा राखिएको छ। घटनाको जानकारी पाएलगत्...