सम्पर्क

चौतारा बहुमुखी क्याम्पस सञ्चालन समितिको अध्यक्षमा श्रेष्ठ निर्विरोध

चौतारा बहुमुखी क्याम्पस सञ्चालन समितिको अध्यक्षमा गम्भीरलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
क्याम्पसको १६औ क्याम्पस सभा तथा ८औ साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालन समिति चयन गरिएको हो । समितिको उपाध्यक्ष पदमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार उहाँले १ सय १८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सरोजा श्रेष्ठले २६ मत प्राप्त गर्नुभएको थियो भने १८ मत बदर भएको जनाइएको छ । उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेपछि मतदान प्रक्रिया अपनाइएको थियो । त्यसैगरी सदस्य पदमा ईश्वरीप्रसाद श्रेष्ठ, तुल्सीप्रसाद दंगाल, प्रभात श्रेष्ठ तथा राजेन्द्रप्रसाद प्रधान चयन हुनुभएको छ । महिला सदस्यतर्फ रीना श्रेष्ठ चयन हुनुभएको छ । निर्वाचन समितिले निर्धारित कार्यतालिका अनुसार सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण तथा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । नव निर्वाचित समितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ ।