सम्पर्क

क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

 

काठमाडौं —क्षेत्री समाज राष्ट्रिय महासंघको सातौ अधिबेशनले बहादुर सिंह बिष्टको अध्यक्षतामा नया कार्यसमिती समेत निर्बीरोध निर्बाचित गरेको छ । जसमा स अध्यक्ष रबिन अधिकारी र बिदुर प्रशाद अगौलिया,उपाध्यक्षमा इन्द्र रिजाल, ज्वाला बिष्ट, र साबित्रा खडका महासचिबमा ओ म बहादुर रायमाझी सचिबमा तेज कुमार के सि कोषाध्यक्षमा बाबुराम थापा सह कोषाध्यक्षमा कमल खड्का रहनु भएको छ भने उपत्यका उपाध्यक्षमा मधुसुदन खड्कार प्रदेश प्रमुखमा नारायण खड्का केशब थापा सहीत ७६ जना को केन्द्रीय कार्यसमिति निर्बिरोध निर्वाचित हुनु भएको छ । शनीबार काठमाण्डौमा पूर्व प्रधानन्यायधिस प्रकास मान सिहं राउतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु पूर्व मन्त्री, न्यायधिवक्ता, सांसद अधिवक्ता वकिल समाजसेवी, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी पूर्व प्रधानन्यायधिस प्रकासमान सिंह राउतले क्षेत्रीहरुको विकास अध्ययनको सवालमा यो समाजले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उँहाले क्षेत्रीहरु सहनसिलता,बिश्वासिला , आटीला भएकै कारण हरेक कार्यक्रमहरुको सफलतामा क्षेत्रीहरुको प्रमुख भुमिका रहेको बताउँनु भयो ।उँहाले मुलुकमा अहिले अराजकता नकरात्मकता गलत भ्रमका कुराहरु बाहरि आइरहेका छन । अनी यही भ्रमका कुराहरुमा सामाजिक भिड त्यतातिर जादैछ । भन्नु हुँदै सामाजकि सञ्जालमा आएका सबै कुरा सत्य नहुने हुँदा यथार्थलाइ बुझेर यसलाई सही मार्गमा ल्याउन सवैको दायित्व र जिम्मेवारी हुने हँदा उक्त जिम्मेवारी पुरा गर्न सबै लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले क्षेत्रीहरुको सभ्याता र इतिहासलाई गहिरो खोज र अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । उाहाले क्षेत्रीहरुको उत्पत्ती खस आर्यको मुख्य सवालाई राष्ट्रिय रुपमा उठान गर्न आजको आवश्यकता भएको बताउँनु भयो । कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्नेमा पूर्व मन्त्री, पूर्व सांसद महान्यायधिवक्ता अभिवक्ता वकिल समाजसेवी लगायतका व्यक्तीत्वहरु हुनुहुन्थ्यो । कार्यक्रमका सभापतीत्व गरिरहनु भएका समाजका अध्यक्ष विष्णु बहादुर खड्काल क्षेत्री समाजले क्षेत्रीहरुको विकास र अधिकारका लागि योगदान दिनुहुने हरुलाई सधै सम्मान गर्ने गरिएकोे बताउनु भयो । कार्यक्रममा खस आर्यलाई जातीगत सुचीमा राखी जातको आधारमा दिइदै आएको जातीगत आरक्षण तत्काल खारेज हुनुपर्ने माग समेत उठान गरिएको थियो । क्षेत्री समाजले सातौ महाधिवेसनका अबशरमा मोहन सिंह खड्का लगाएत विभिन्न क्षेत्रमा रहेर योगदान गर्नेहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएकोे थियो ।