नेपालका महान राष्ट्रनिर्माता पृथ्वीनारायण शाह का विश्वासिला, साहसी तथा कुशल सेनापतिमध्येका एक तत्कालीन सेना जनरल काजी केहरसिंह बस्नेत नेपाली इतिहासमा राष्ट्र एकीकरण अभियानका एक वीर योद्धाका रूपमा अमर रहनु भएको छ । ऐतिहासिक तथा राष्ट्रभक्त व्यक्तित्व काजी केहरसिंह बस्नेतको पूर्णकदको सालिक ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको रमणीय स्थल नगरकोट मा स्थापना गरिएको छ। प्रेमसिंह बस्न्यात को विशेष पहल, अथक प्रयासमा निर्माण गरिएको उक्त सालिकको भव्य अनावरण नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बाट शनीबार सम्पन्न गरिएको हो।
