सिन्धुपाल्चोक — आदिवासी जनजाति महिलाहरूको हक–अधिकार, संघर्ष र पहिचानलाई कलाको माध्यमबाट उजागर गर्ने उद्देश्यले आयोजित “हाम्रो आवाज, हाम्रो अधिकार” फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले समाजमा पछाडि पारिएका महिलाहरूको आवाज र अनुभवलाई तस्विरमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको हो।
केन्द्रकी अध्यक्ष पानमाया तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पदम प्रसाद नेपाल हुनुहुन्थ्यो।
उहाँले कला र अभिव्यक्तिमार्फत उठाइने यस्ता विषयले दबिएका आवाजलाई नीतिगत तहसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। विशेष अतिथिहरू चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर सीता थापा र मेलम्ची नगरपालिकाको उपमेयर उमा प्रधानले महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक समानताविना समृद्ध समाज सम्भव नभएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा प्रहरी निरीक्षक नगेन्द्र बस्नेत, वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठ, नेपाल बार एसोसिएसनका अध्यक्ष भुपेन्द्र थिङ तामाङ, गोल्मा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर तामाङ, जुगल बोर्डिङ हाई स्कूलका प्रधानाध्यापक ओम प्रकाश उप्रेती लगायत सञ्चारकर्मी, सामाजिक अभियन्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो।
यसै अवसरमा विदेशी रोजगारीबाट फर्किएका महिलाहरूको संघर्षका बारेमा पनि छलफल गरिएको थियो, र स्थानीय सरकारले सीपमूलक तालिम जस्ता अवसरहरू प्रदान गरेर उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्न सक्ने बारेमा पनि जोड दिइएको थियो।
प्रदर्शनीमा राखिएका तस्विरहरूले महिलाहरूका पीडा, संघर्ष र चुनौती मात्र नभई उनीहरूको आत्मविश्वास, सांस्कृतिक पहिचान र सामाजिक अस्तित्वलाई समेत जीवन्त रूपमा प्रस्तुत गरेका थिए। सहभागी वक्ताहरूले महिलाहरूको सशक्तीकरणका लागि स्थानीय सरकारले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
साथै महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बन्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। सभापति पानमाया तामाङले “हाम्रो आवाज, हाम्रो अधिकार” केवल एउटा कार्यक्रम नभई आत्मसम्मान, समानता र सामाजिक न्यायको अभियान भएको उल्लेख गर्नुभयो। विभिन्न संघसंस्था, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनीले कला, चेतना र सामाजिक उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्न सफल भएको आयोजकले जनाएको छ।