सम्पर्क

कृषि

तितेपातीबाट तेल उत्पादन गर्दै इन्द्रावती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  बिपनात तामाङ्ग ,सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा जङ्गल तथा निजी जग्गामा खेर गइ रहेको तितेपाती सङ्कलन गरेर तेल उत्पादन गर्नै काम शुरु गर्न लागेको लागेको छ । ईन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरुलाइ तालीमको व्यवस्थ गरेर तितेपातीबाट तेल उत्पादन सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बताउँनु भयो । उँहाले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने आफ्नो पालिकाको योजना अनुसार यो कार्यक्रम ल्याएको बताउँनु भयो । नेपालले ‘अहिले यो तेलको उच्च माग छ,’ उनले भने,’स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन् पहिला त्यसको पहिचान हुन सक्नुपर्ने र म्यापिङ गर्न सकिए धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।’ भन्नु भयो । इन्द्रावती गाँउपालिकाका प्रबक्ता एवम वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आय...

“कृषि आधुनिकीकरणमा कृषि सहकारीको भूमिका”

कृषि, जिबनशैली, विचार
मानवीय श्रम र प्रकृतिको निशुल्क स्रोत साधन प्रयोग गरी कृत्रिम तरिकाले बालीजन्य र पशुजन्य वस्तु उत्पादन गर्नुलाई कृषि भनिन्छ । पशुपालन, बाली उत्पादन, मत्स्यपालन आदि यस अन्तर्गत पर्दछन।नेपाल एक कृषिप्रधान देश हो, जहाँ हाल ६०% भन्दा बढि जनता कृषि पेशामा आवद्ध छन् ।किसानमा मुग्लान पसेर धेरै धन कमाउने रहर जाग्नु, माटोको उर्वरा शक्ति कम हुँदै जानू,राज्यको कृषि क्षेत्रप्रति चासो नहुनु,परम्परागत शैलीबाट खेती गरिनु आदि कारणले हाल नेपालमा सोचे जस्तो कृषिजन्य उपजको उत्पादन हुन नसकेको कुरा तपाईं हामु सामु जगजाहेर नै छ।किसानका हकहितमा राज्य नलाग्दा आज कृषि पेशा नै धरासायीमा परी देशको अर्थतन्त्र नाजुक हुन थालेको छ । यहाँ ६०.४ प्रतिशत जनता कृषिमा आश्रित भएको देशमा लगभग ३०९१ लाख हेक्टर जमिनमा २१ प्रतिशत खेती गरिएको छ । विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यक मानिसका लागि खाना, आय र रोजगारीको मुख्य स्रोत क...

चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट नीति, कार्यक्रम अनुमानित बजेट प्रस्तुत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार नगरसभाले एक वडा एक उत्पादन, एक घर एक कृषि बगैंचा कार्यक्रम, किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्नेदेखि जति द्येरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम अघि सारेको छ । प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृत...

महत्वपुर्ण निर्णय गर्दै मेलम्ची को १६औ नगरसभासम्पन्न्न १ अर्ब ७६ करोड ८४ लाखको बजेट पारित

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरको कृषि तथा पशुपालनको लागि सरकारले दिएको अनुदानमा २५ प्रतिशत प्रिमियम रकम थप गरेर शत प्रतिशत बिमा प्रिमियमको व्यवस्था गर्दै बिभिन्न महत्वपुर्ण तथा नागरिकमुखी निती तथा कार्यक्रम पास गर्दै २०८१÷०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गरेको छ ।अधिवेशनले नगर प्रमुख एवंम् सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेर सम्पन्न भएको छ ।आइतबार नगर सभाहलमा भएको सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपंछि ऐन २०८१ पेस गर्नुभएको थियो ।लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्...

शिक्षक संघको आयोजनामा शिक्षकहरुलाई एक दिने कार्यशाला सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाले कक्षा १–३ को थिमगत सिकाइ उपलब्धि मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरिएको छ । ज्ञानमन्दिर नमूना माध्यमिक विद्यालयको हलमा भएको उक्त कार्यशालामा नगरपालिकाका कक्षा १–३ मा अध्यापन गर्नुहुने ६० जना शिक्षकहरु सहभागी भएको थियो । “चौतारा साँगाचोकगढी नगरपालिकाले असार १३ गते देखि कक्षा ४–१० को प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिने भएको छ । तर कक्षा १–३ को भने थिमगत सिकाइ उपलब्धिका आधारमा मूल्यांकन गरिनु पर्ने प्रावधान पाठ्यक्रमले निर्धारण गरिएको छ । यसै सन्दर्भमा समय सपेक्षा कक्षा १–३ अध्यापन गर्नुहुने शिक्षकहरुलाई थिमगत सिकाइ उपलब्धि मूल्यांकन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको हो” संघका सचिव सुनिल तामाङले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल शिक्षक संघका संघीय समितिका सदस्य तुलसीप्रसाद दंगालले औपचारिक उदघाटन गर्दै शिक्षक संघ चौसँगढीले गरेक...

नगर सुधारका लागि एमाले काँग्रेसको ध्यानाकर्षण

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकालाई नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त रुपमा ध्यानाकर्ष गराएका छन् । शुक्रबार नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सीता थापा समक्ष नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटी अध्यक्ष खिल बहादुर श्रेष्ठ र नेपाली काँग्रेस नगर सभापति ईन्द्रलोचन धितालसहितले आगामी नीति कार्यक्रम र बजेट निर्माणका सन्दर्भ सहित १६ बुँदामा ध्यानाकर्षण गराउँनु भएको हो । संयुक्त ध्यानाकर्षणमा एमालेबाटै नगर प्रमुखका प्रत्यासी ईन्द्र नेपाल, उपप्रमुखमा प्रत्यासी बालकुमारी सापकोटा, नेपाली काँग्रेसको तर्फबाट गएको स्थानीय निर्वाचनमा चौतारा नगरपालिकाको प्रमुखका उम्मेदवार केशवराज गिरी सहितका दुवै पार्टीका स्थानयि नेतृत्वले नगरपालिकाबाट सम्पादित काममा अपारदर्शीता नीतिगत कमजोरी, विकास निर्माणका कार्यहरुमा भएका सुस्तता, तथा नगरको छवि धुमिल भएको भन्दै यसलाई सच्याएर अगाडि वढ्न दुवै ...

एकै ब्यक्ती दुइ सहकारीमा बस्न नपाउँने

कृषि, जिबनशैली, बिजनेस, विचार, समाचार
नेपाल सरकार भुमी तथा सहकारी मन्त्रालय सहकारी बिभागले एक ब्यक्ती एक सहकारी सदस्यको निर्णयलाइ कार्यन्वयनमा ल्याउँन लागेको छ । बिभागले सहकारी ऐन २०७४को दफा ३३को उपदफा १ बमोजिम कुनै ब्यक्ती एक स्थानीय तहमा एकै प्रकारका एक भन्दा बढी सहकारी सस्थाको सदस्य हुन नपाउँने र त्यस भन्दा अघी भएको भए तिन बर्ष भित्र कुनै एक मात्र सदस्य रहन पर्ने व्यवस्था भए बमोजिम गर्न अनुरोध गरेको छ । सहकारी ऐन बिपरित एउटै पालिका भित्र एकै प्रकारको दुइ वा सो भन्दा बढी सदस्य लिएको भएमा एक सहकारी छनौट गरी एक मा मात्र सदस्य कायम गर्न अनुरोध गरेको छ । सो नगरे कानुन बमोजिम कार्बाही हुने बिभागले जनाएको छ ।...

इन्द्रावतीमासुझाब सङ्कलन सुझावका आधारमासमृद्ध पालिका बनाउँने

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
देवराज सुबेदी सिन्धुपाल्चोक जिल्लाको यन्द्रावती गाँउपालिकाले आर्थिक बर्ष २०८१÷८२को निति तथा कार्यक्रम का लागी पालिका भित्र रहनु भएका बिशेष ब्यक्तीत्व पुर्ब पालिका अध्यक्षहरु सहीतलाइ निमन्त्रणा गरेरसुझाव संकलन गरेको छ । सुझाब सङ्कलन कार्यक्रमका प्रमुख अतिथि पुर्व गृह राज्यमन्त्री बिष्णुविक्रम थापाले बिदेशी भाषा भन्दापनि हाम्रै देशको भाषा,संस्कृतीलाई संरक्षण र रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउँनु भयो । उँहाले पालिकाले ल्याएको निति तथा कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पालिका परिवार ,विभिन्न राजनीतिक दल र कर्मचारी सबै मिलेर आफैंले आफ्नो पालिका बनाउने कुरामा एक ढिक्का हुन आग्रह गर्नुभयो । असल नागरिक बनाउने तर्फ पालिका अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले । संघ र प्रदेशको तुलनामा स्थानीय तहले राम्रो काम गरेको थापाको दावि थियो । पालिकाको निति तथा कार्यक्रम उत्कृष्ट भएकाले यसलाई पुरा ग...

कृषकलाई हाते ट्र्याक्टर वितरण

कृषि, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले कृषकहरुलाई मिनी टिलर (हाते ट्याक्टर) वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन मिनिटेलर हाते (ट्याक्टर) वितरण गरिएको हो । सोमबार गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ८५ थान मिनीटिलर वितरण गरेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो । उहाँले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको विकल्पमा कृषकहरुलाई मेसिन प्रदान गरिएको बताउनुभयो । हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने स्थानीय कृषकहरु बताउछन् । पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
हेटौँडा (मकवापनुर), १ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ । Budget-Baktabya प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गर्नुभएकोे बजेटमा चालुतर्फ रु २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ रु ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ । वित्तीय व्यवस्थातर्फ भने रु एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिनुभयो । गत वर्ष प्रदेश सरकारले रु ६२ अर्ब र ७० करोड ९० ...