सम्पर्क

कृषि

“अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण मेलम्चीमा

“अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण मेलम्चीमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  टुकी संघ सुनकोशीको आयोजनामा “अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला कार्यक्रम मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा विहिबार मेलम्चीमा सम्पन्न भयो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको पहुँच अधिकार, नीतिगत समावेशिता र आर्थिक अवसरको सुनिश्चितता स्थानीय सरकार तथा सेवा प्रदायकहरूको प्राथमिकता रहनुपर्नेमा जोडदिनु भयो । साथै यस किसिमको अभिमुखीकरणले सबैलाई संवेदनशील बनाउने समेत विश्वास ब्यक्त गर्नु भयो।कार्यक्रममा उपप्रमुख उमा प्रधान, सार्वजनिक तथा निजी सेवा प्रदायक निकायका प्रतिनिधिहरू, सरोकारवालाहरू र अपाङ्गता अधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्य...
पाँचपोखरी थाङपालमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया

पाँचपोखरी थाङपालमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
 पाँचपोखरी थाङपाल गाउँपालिकामा उत्पादित कृषि उपजहरुको बजारीकरण, कोसेली घर स्थापना तथा व्यवस्थापनबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC), मुना कृषि लिमिटेड (मुना बजार), तथा उत्पादनमा संलग्न ४ वटा कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सुझाव र योजनाहरु प्रस्तुत गरिएको थियो। कोसेली घर स्थापनाका सम्भावनाबारे थप जानकारी लिन गाउँपालिका अध्यक्ष टासी लामा नेतृत्वको टोलीले प्रस्तावित स्थलमा स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ। कृषि शाखा प्रमुख निमराज गिरीका अनुसार स्थानीय उत्पादनको प्रबर्द्धन, बजार व्यवस्थापन र सहकारीहरुसँगको सहकार्यमा आधारित दीर्घकालीन योजना तयार गर्न अन्तरक्रिया फलदायी भएको हो। कार्यक्रममा सहभागी सरोकारवालाले कोसेली घर स्थापनाले गाउँपालिकाको कृषि उत्पादनमा नयाँ उचाइ ल्याउने विश्वास...
प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

कृषि, खेलकुद, जिबनशैली, राजनिती, विचार, समाचार, स्वास्थ्य
आजकाल म सबेरै उठेपछि किसानी नित्यकर्ममा लाग्छु । नित्यकर्म भन्नसाथ मानिसलाई लाग्छ पूजापाठ ।त्यसाे हाेइन । मेराे नित्यकर्म बाख्रा र कुखुराको हेरचाह । किसानी काम गर्दा कुनै याेगध्यान वा शारीरिक कसरत गर्नु नपर्नेरहेछ । काम गर्दा मन शान्त हुने र शारीरिक कसरत पनि पुग्ने मेराे अनुभव छ । कामपछि थकान मेट्न म पिँढीकाे सानाे तर टेढाे बेन्चमा बस्छु । त्यतिबेला सडकमा हिँड्ने काेही न काेही मसँग बाेलिहाल्छन् । नचिन्दा त बाेलिन्छ झन् चिनेका मानिस त बाेल्ने नै भए । खासमा मानिस बाेल्न नै पाे जन्मिएका हुनजस्ताे लाग्छ । काम गर्दा भएका केही मैला पाेशाकतिर हेर्दै साथीहरू भन्ने गर्छन् , तपाईं पढ्न पनि राम्रो थियाे । जनयुद्धमा हिँड्नेले के के गरिसके तपाईंको चाहिँ प्रगति भएन । प्रगति भन्ने शब्दले मेराे दिमागमा थुप्रै प्रश्न जन्मिन्छन् । प्रगति भनेको के हाे ? काम नगरी कुनै स्राेतबाट प्राप्त पैसाले घरगाडी सुनचाँ...

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
बागमती, ३ साउन : बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिए...
सिन्धुपाल्चोकमा कृषि विकास अनुगमन, रैथाने बीउदेखि व्यवसायिक पसलसम्म

सिन्धुपाल्चोकमा कृषि विकास अनुगमन, रैथाने बीउदेखि व्यवसायिक पसलसम्म

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
 कविता श्रेष्ठ आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका स्थानीय तहहरू ठोकर्पा, धुस्कुन, बलेफी र सुकुटेमा कृषि विकास कार्यालय, जिल्ला समन्वय समिति, गाउँपालिका प्रतिनिधि र पत्रकारहरूको एक संयुक्त अनुगमन टोलीले व्यापक अनुगमन कार्यक्रम गरेको छ । यस अनुगमनले पहिले र आजका कार्यक्रमहरुको प्रगति, लगानी र उपलब्धि प्रकाशित गरेको छ । आइतबार पिङडाँडा साना किसान सहकारी संस्था लिमिटेड सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–२ ठोकर्पामा रैथाने प्रजातिका बालीहरूलाई संरक्षण रहेको सामुदायिक बिउ बिजन बैंक अर्थात् पिङडाडा साना किसान सहकारी संस्था लिमिटेड लोपोन्मुख बिउ बिजन तथा कृषि औजारहरू, त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा सुन्तला, बलेफी गाउँपालिका–४ कोठेमा केरा र सुकुटे कफीको अनुगमन गरेको हो । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको त्रिपूरासुन्दरी गाउँपा...
डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

#, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जलेश्वर (महोत्तरी), २४ असारः जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो । उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ । कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भङ्गाहा नगरपालिका–४ थारुटोल बनरा, बलवा नगरपालिका–४ बलवा बजार, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा बजार, पिपरा गाउँपालि...
सिन्धुली  दुधौली नगर पालिका  मा दुना  टपरी उत्पादन सम्बन्धी  तालिम

सिन्धुली दुधौली नगर पालिका मा दुना टपरी उत्पादन सम्बन्धी तालिम

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुली जिल्ला दुधौली नगर पालिका वाड्नम्बर ११ धन्सारी मा  दुना बोता टपरी उत्पादन सम्बन्धी कच्चा पदार्थ तयारी गर्ने तालिम सम्पन्न भएको छ। सव डिभिजन बन कार्यलय दुधौली का अधिकृत बेद प्रकाश यादब को प्रमुख आथित्यता मा भएको उक्त तालिमनमुना सामुदायिक बन उपभोक्ता समुह का अध्यक्ष नरेन्द्र कार्की को सभापतित्वमा भएको हो । सामुदायिक बन उपभोक्ता माहासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष ,हरित स्वयंसेवक संयोजक सिन्धुपाल्चोक , सुनकोशी गाउपालिका –३ सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र को ब्यबस्थापक शारदा प्रसाद चालिसे बिशेष अतिथ्यतामा र दुधौली सव डिभिजन का रेन्जर नबराज बस्नेत, तुलसी आधार्भुत विद्यालय का शिक्षिका सरस्वती बिस्ट को आथित्यता मा नमुना सामुदायिक बन समुह को पदाधिकारी हरु उपभोक्ता हरु को सहभागिता मा तालिम सम्पन्न भएको हो । नमुना सामुदायिक बन समुह को भबन मा असार १९ गते देखी २१ गते ...
मेलम्ची नगरपालिका -१२  अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

मेलम्ची नगरपालिका -१२ अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- १२, बाँसबारीमा वडा शिक्षा समितिको आयोजना तथा जालपादेवी मावि बाहुनीपाटी को समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ । उक्त कार्यक्रम मेलम्ची नगरपालिका -१२ बाँसबारीका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । ४ देखि १३ वर्षसम्मका बालबालिकाको घर–घरमा पुगेर तथ्यांक संकलन गर्दा विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने कार्य सम्पन्न गरिएको थियो। साथै ४ देखि १३ बर्ष उमेर समुहका विद्यालय आउन बाँकि कोहि छुटेका बालबालिका भए उनिहरुलाई समेत अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो।...
वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
असार ४, केके मानन्धर । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य; वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।  यसैबीच, मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो । पुचःले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो । तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र...

विपद् प्रभावित कृषकलाई नौ महिनापछि राहत

कृषि, ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक गत असोज दोस्रो साताको अविरल वर्षाको बाढीपहिरोबाट पीडित यहाँका कृषकलाई नौ महिनापछि राहत दिलाइँदै छ । केही समयअघि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र विपद्का घटनाबाट प्रभावित कृषकका लागि राहत उपलब्ध गराउने निर्णय गरेपछि जिल्लाका १५२ कृषकको परिवारलाई राहत दिलाउन लागिएको हो । यसका लागि कृषि विकास कार्यालय धुलिखेलले प्राप्त निवेदनका आधार उक्त सङ्ख्याका कृषक परिवारलाई राहत दिलाउन यही जेठ १५ गतेसम्म सङ्कलित प्रक्रिया पुगेका निवेदनलाई प्रदेशस्थित मन्त्रालय पठाइसकिएको जनाएको छ । “थप केही कृषकका निवेदन आइरहेका छन्, असार पहिलो सातासम्मका प्रक्रिया पुगेका निवदेन मन्त्रालय पठाउने छौँ”, कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले भन्नुभयो । उहाँका अनुसार प्रदेश सरकारबाट आउने राहत कृषककै खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख दवाडीका अनुसार मन्त्रालयमा पेस गरिएका कृषकको ८०८ ...