सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील सदस्यप्रति विशेष कृतज्ञता समेत व्यक्त गर्नु भयो । त्यसैगरी गाउँपालिका अधिवेशनलाई भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति समेत बस्नेतले आभार व्यक्त गर्नु भयो।बस्नेतले आफूलाई प्राप्त जिम्मेवारीलाई पार्टीका नेता तथा कार्यकर्ताले गरेको विश्वासका रूपमा आत्मसात् गर्दै नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, एकताबद्ध, व्यवस्थित र जनमुखी बनाउन इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दैे आगामी दिनमा पार्टी संगठनको हित, कार्यकर्ताको भावना तथा जनताको अपेक्षालाई प्राथमिकतामा राख्दै आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने बताउँनु भयो ।
