सम्पर्क

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

नेत्र बहादुर बस्नेत , “स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारिता मैत्री” भन्ने मूल नारासहित प्रेस काउन्सिल नेपालद्वारा सिन्धुपाल्चोकमा पत्रकार आचारसंहिता जागरण कार्यक्रमसम्पन्न गरेको छ । नेपाल पत्रकार महासघका सिन्धुपाल्चोक शाखामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालन भयो भने पत्रकारिता पनि राम्रो हुने बताउनुभयो । पत्रकारितामा आचारसंहिता कडाइका साथ पालना भए मात्र पत्रकारिताको गुणस्तर वृद्धि हुने बताउनु हुँदै अध्यक्ष आचार्यले राजधानीमा मात्र होइन बाहिरी जिल्लाका पत्र पत्रीकाको बिषयमा जानकारी लिदै पत्रकारहरुको समस्या पनी पहीचान हुने र आचार सहींताका बारेमा पनी जानकारी लिन दिन का सकिने भएकाले राजधानी बाहीरका हरेक जिल्लाहरुमा प्रेसकाउन्सिल नेपाल पुग्ने गरेको बताउँनु भयो । उँहाले पत्रकारिता पेशा लाइ मर्यादित बनाउँन हामी सबैको दाइत्व रहेकोले उक्त दाइत्व पुरा गर्न हामी सबै लागी पर्नु पर्न बताउँनु हुँदै नेपाल पत्रकार महासघ सिन्धुपाल्चोक शाखाको भवन, संरचना र यँहाका पत्रकारहरुको सक्रीयाता प्रती बिशेष धन्यबाद दिनु भयो ।       नेपाल पत्रकार महासंघका महासचिब तथा प्रेस काउन्सिलका बोर्ड सदस्य राम प्रसाद दाहालले समाचार लेख्दा संवेदनशीलता र समानुभूतिको नीति अपनाउन आग्रह गर्नु हुँदै प्रेस काउन्सिल नेपाल र पत्रकार महासघले हामी सञ्चार कर्मीहरुको पेशागत हक हित र संरक्षणका लागी काम गरिरहेको बताउँनु भयो । उँहाले सिन्धुपाल्चोक पत्रकार महांसघंले आफ्ना सञ्चारकर्मी हरुलाइ बिभीन्न प्रकारले तालिम दिएर सक्षम बनाउँन लागी परेकोमा महासघ परिबारलाइ बिशेष धन्यबाद दिनु भयो । यसै गरी प्रेस काउन्सिल नेपालका सह प्रशासकिय अधिकृतसुचना अधिकृत सह प्रबक्ता राम शरण बोहोराले आचारसंहिताबारे प्रस्तुतिकरण गर्नु हुँदै सञ्चार कर्मीहरुको नामबाट प्रयोग हुने सामाजिक सञ्जालले सञ्चार गृहको प्रतिनिधीत्व नगर्ने भएकाले यस तर्फ ध्यान दिन र समाजमा बिकृती फैलाउँने, बिना प्रमाण एक अर्कालाइ असर पर्ने कसैको पनी ब्यक्तीगत वा सस्थागत रुपमा असर पर्ने खालका समाचार सम्प्रेशण गर्न नपाइने भन्नु हुँदै सबै सञ्चार गृहहरु कानुन बमोजिम सम्बन्धीत निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न पर्ने बताउँनु भयो । सो अबशरमा बोहोराले काउन्सिलमा दफा ६ को व्यवस्थाअनुसार ७ सय ५० वटा उजुरी परेको जसमध्ये ६ सय ५० वटा आचारसंहिता विपरित पाइएको बताउँनु हुँदै आचारसििंहता उलंघन गर्ने संचार हरु र सञ्चारकर्मीहरुलाई आवश्यक कार्बाही गरिएको समेत बताउँनु भयो । नेपाल पत्रकार महासघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुब दङ्गालले प्रेस काउन्सिल नेपालले जिल्लामा आएर सबै सञ्चार कर्मीहरुलाइ यसरी आचार सहीताका बरेमा जानकारी गराएकोमा आफुहरुलाइ खुशी लागेको बताउँनु भयो । नेपाल पत्रकार महासघका सचिब टिका सुबेदीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष दिपक अर्यालले खादा लगाएर स्वागत गर्नु भएको थियो । सो अबशरमा महासघंको तर्फबाट मायाँको चिनो समेत प्रदान गरिएको थियो । यस अघी प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्य, सदस्य तथा महासंघका महासचिब रामप्रसाद दाहाल,सुचना अधिकारी तथा सहप्रबक्ता रामशरण बोहोरा, नेपाल पत्रकार महासघका जिल्ला शाखा सचिब टिका सुबेदी लगाएतका टोलीले लोकप्रिय समाचार दैनिक,लोकप्रिय नेत्रज्योती सञ्चार समुह, रेडीयो सिन्धु, सिन्दु सन्देश सर्बपक्ष दैनिक लगाएतका सञ्चार गृहको समेत अनुगमन समेत गर्नु भएको थियो ।