ज्ञान बहादुर तामाङ,सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले स्थानीय सरकारले सबै समुदायको भाषा, संस्कृती चाडपर्व र पहिचानलाई सम्मान गर्दै संरक्षण र प्रवद्र्धन गर्ने नीति लिएको बताउँनु भएको छ । चौतारामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीका आशनबाट बोल्नु हुँदै नगर प्रमुख सापकोटाले “संस्कृति जोगिनु भनेको समाजको आत्मा जोगिनु हो भन्नु भयो । चौतारा सागाँचोकगढी नगरपालिकाले सबै समुदायको संस्कृति संरक्षण र प्रवद्र्धनमा सधैं साथ दिनेछ,” नगर प्रमुख सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो।प्रमुख अतिथि नगर प्रमुख सापकोटाले सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तामाङ समुदाय तथा नगरवासीलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमकका विशेष अतिथि पूर्व नगर प्रमुख अमान सिंह तामाङले सोनाम ल्होछार तामाङ समुदायको गौरवपूर्ण पहिचान भएको उल्लेख गर्दै यस पर्वलाई अझ व्यवस्थित, अनुशासित र समावेशी रूपमा मनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले तामाङ समुदायले विगतदेखि वर्तमानसम्म नेपाली समाजमा पु¥याएको योगदानको स्मरण गर्दै भावी पुस्ताले आफ्नो भाषा, संस्कृति र पहिचान नबिर्सनुपर्ने सन्देश दिनुभयो।नगर उपप्रमुख सीता थापाले विविधतामा एकता नै नेपालको शक्ति भएको उल्लेख गर्दै सोनाम ल्होछारजस्ता पर्वहरूले आपसी सद्भाव, भाइचारा र सामाजिक मेलमिलापलाई अझ मजबुत बनाउने बताउनुभयो। उहाँले महिला, युवा र बालबालिकालाई सांस्कृतिक गतिविधिमा सक्रिय गराउनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा उपस्थित वर्तमान वडा अध्यक्षहरू तथा पूर्व वडा अध्यक्षहरूले पनि शुभकामना मन्तव्य राख्दै आ–आफ्ना वडामा रहेका सांस्कृतिक सम्पदाको संरक्षण, सांस्कृतिक कार्यक्रमहरूको निरन्तरता र सामुदायिक एकताको आवश्यकता औंल्याएका थिए। उँहाहरूले यस्ता पर्वहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भएको थियो।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका अगुवा तथा बुद्धिजीवीहरूले पनि सोनाम ल्होछारले समाजमा सहअस्तित्व, सहिष्णुता र आपसी सम्मानको सन्देश दिने बताएका थिए। सांस्कृतिक विविधतालाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उहँीहरूको भनाइ थियो।
कार्यक्रममा युवापुस्ताको उल्लेखनीय सहभागिता देखिनु विशेष सकारात्मक पक्षका रूपमा लिइएको छ। परम्परागत नृत्य, गीत, सांस्कृतिक झाँकी र व्यवस्थापनमा युवाहरूको सक्रिय भूमिकाले तामाङ संस्कृतिको भविष्य सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ। आयोजक समितिले युवाहरूलाई सांस्कृतिक नेतृत्वतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रमलाई समावेशी बनाइएको जनाएको छ।नेपाली पर्व सोनाम ल्होछार कार्यक्रम आयोजक समिति, चौतारा साङ्गाचोकगढी नगर समितिले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। व्यवस्थापन, सुरक्षा, अतिथि सत्कार र सांस्कृतिक प्रस्तुतिमा विशेष ध्यान दिइएको थियो। स्थानीय स्वयंसेवकहरूको सक्रियताले कार्यक्रमलाई थप सफल बनाएको थियो।
सोनाम ल्होछार कार्यक्रम आपसी शुभकामना आदान–प्रदान, सांस्कृतिक प्रस्तुति र सामूहिक तस्बिरसहित औपचारिक रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले कार्यक्रम भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न भएकोमा आयोजक समितिप्रति धन्यवाद व्यक्त गरेका छन्।
यसरी, मञ्जुश्री सम्वत् २८६२ औँ ताल्होको अवसरमा चौतारा साङ्गाचोकगढी नगरपालिकामा सम्पन्न सोनाम ल्होछार कार्यक्रमले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहअस्तित्वको सशक्त सन्देश प्रवाह गरेको छ।तामाङ समुदायको महान् सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय पर्व सोनाम ल्होछार मञ्जुश्री सम्वत् २८६२ औँ ताल्होको पावन अवसरमा चौतारा साङ्गाचोकगढी नगरपालिकामा भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। नेपाली पर्व सोनाम ल्होछार कार्यक्रम आयोजक समिति, चौतारा साङ्गाचोकगढी नगर समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, पहिचान र सामाजिक एकतालाई सशक्त रूपमा उजागर गरेको छ।चौतारा बजार क्षेत्र सांस्कृतिक रङ्गले रंगिएको देखिन्थ्यो। परम्परागत भेषभूषामा सजिएका सहभागी, मौलिक बाजागाजाको गुञ्जन, तामाङ सेलोको लय र सांस्कृतिक उल्लासले चौतारा साङ्गाचोकगढी नगरपालिकालाई नै उत्सवमय बनाएको थियो। ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको जीवनदर्शन, सामाजिक चेतना र सांस्कृतिक गौरवको प्रतीक भएको सन्देश कार्यक्रमले स्पष्ट रूपमा प्रवाह गरेको थियो।कार्यक्रमका सभापति अकल तामाङको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि चौतारा साङ्गाचोकगढी नगरपालिकाका नगर प्रमुख श्री कृष्ण प्रसाद सापकोटा रहनुभएको थियो। विशेष अतिथिहरूमा नगरपालिकाका पूर्व नगर प्रमुख अमान सिंह तामाङ तथा नगर उपप्रमुख सीता थापा रहनुभएको थियो। साथै कार्यक्रममा वर्तमान वडा अध्यक्षहरू, पूर्व वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका अगुवा, बुद्धिजीवी, शिक्षाविद्, कर्मचारी, युवा, महिला तथा तामाङ समुदायका श्रद्धेय ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको शुभारम्भ परम्परागत विधिअनुसार पूजा–अर्चना, मंगल प्रार्थना तथा सामूहिक शुभकामनासहित गरिएको थियो। ल्होछारको अवसरमा गरिने विधिपूर्वक पूजा, झाँक्रीद्वारा प्रस्तुत गरिएको झागी (झाँक्री नृत्य) र आध्यात्मिक अनुष्ठानले कार्यक्रमलाई अझै अर्थपूर्ण र मौलिक बनाएको थियो। झाँक्रीको झागी प्रस्तुतिले तामाङ समुदायको आध्यात्मिक परम्परा, प्रकृतिप्रतिको सम्मान र जीवन दर्शनलाई सजीव रूपमा उजागर गरेको सहभागीहरूले प्रतिक्रिया दिएका थिए।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको प्रतीकका रूपमा मनाइन्छ। यस पर्वले विगत वर्षका दुःख–पीडा, नकारात्मकता र असफलतालाई बिदाइ गर्दै नयाँ आशा, सुख, शान्ति, समृद्धि र सहअस्तित्वको कामना गर्ने सांस्कृतिक मान्यता बोकेको छ। यही भावनालाई आत्मसात गर्दै कार्यक्रममा शुभकामना आदान–प्रदान, सामूहिक प्रार्थना र मेलमिलापको सन्देश प्रवाह गरिएको थियो।
मौलिक संस्कृति र कलाको जीवन्त प्रस्तुतिकार्यक्रममा तामाङ समुदायको परम्परागत भेषभूषा, मौलिक बाजागाजा, गीत, नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। विशेषगरी तामाङ सेलो नृत्य, ढोल–दम्फु लगायतका मौलिक वाद्यवादन र लोकसांगीतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
तामाङ सेलोका राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको थियो। उनीहरूको प्रस्तुतिले तामाङ संगीतको मौलिकता, ऊर्जा र सांस्कृतिक गहिराइलाई दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो। साथै, विभिन्न विद्यालयका विद्यार्थीहरूले तामाङ सेलोमा आधारित नृत्य प्रस्तुति गर्दै कार्यक्रमलाई अझै प्रभावकारी र भावनात्मक बनाएका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले संस्कृतिको पुस्तान्तरण सुनिश्चित हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन
कार्यक्रमका सभापति अकल तामाङले अध्यक्षीय मन्तव्य व्यक्त गर्दै सोनाम ल्होछार केवल तामाङ समुदायको पर्व मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक धरोहर भएको बताउनुभयो। उहाँले संस्कृतिको संरक्षण र संवद्र्धनमा स्थानीय तह, समुदाय र विशेषगरी युवापुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
“ल्होछारले हामीलाई एकताको सूत्रमा बाँध्छ, आफ्नो पहिचानमा गर्व गर्न सिकाउँछ र सहिष्णु तथा समावेशी समाज निर्माणको सन्देश दिन्छ,” सभापति तामाङले भन्नुभयो।
