सम्पर्क

सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साँझ ६ बजेसम्म २९२५ उम्मेदवारी परेका निर्बाचन आयोगले जनाएको छ।उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा पनि व्यक्त गर्नुभयो।निर्वाचन आयोगका अनुसारे महिला उम्मेदवार ३३६ र पुरुष २५८९ रहनु भएको छ। यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ। यो सँगै सिन्धुपाल्चोकजिल्लामा ३६ जना उम्मेदवारले गराउँनु भएको छ । जिल्लामा रहेका १५ दलका ३० जना उम्मेदवार र ६ जना स्वतन्त्र उम्मेदवारगरी जम्मा ३६ जनाले मनोनयन दर्ता भएको र दुई निर्बाचन क्षेत्र रहेको सिन्धुपामल्चोक जिल्लामा मनोनयन दर्ता प्रकृया शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रिता कुमारी बख्रेलले बताउनु भयो ।मनोनयन दर्ता गराउनेहरुमा नेपाली काङ्ग्रेसको तर्फबाट क्षेत्र नं.१ मा जङ्ग तामाङ र २ मा वंशलाल तामाङले उम्मेदवारी दर्ता गराउँनु भएको छ। इसै गरी नेकपा एमालेको तर्फबाट क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङले उम्मेदवार दर्ता गराउँनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट क्षेत्र नं.१ मा माधव सापकोटा र युवराज दुलालले मनोनयन दर्ता गरा उँनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नं. १ मा भरत पराजुली र २ मा झलक कुमार श्रेष्ठले मनोनयन पत्र पेश गराउँनु भएको छ।त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट क्षेत्र नं. १ वाट राममणी न्यौपाने र २ वाट गोपिकृष्ण न्यौपानेले मनोनयन दर्ता गराउँनु भएको छ । उज्यालो नेपाल पार्टीको तर्फबाट क्षेत्र नं१ मा प्रताप लामा र २ मा रामसिं तामाङले मनोनयन दर्ता गराउँनु भएको छ ।श्रम संस्कृति पार्टीको तर्फवाट क्षेत्र नं. १ मा फुर्पा तामाङ र २ वाट भानु श्रेष्ठले मनोनयन दर्ता गराउँनु भएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चको तर्फवाट क्षेत्र नं. १ मा दावा छिरिङ शेर्पाले मनोनयन दर्ता गराउँनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीको तर्फबाट क्षेत्र नं. १ मा सिमर श्रेष्ठ र २ मा सोनाम लामाले उम्मेदवारी दिनु भएको छ भने मितेरी पार्टी नेपालको तर्फबाट क्षेत्र नं.१ वाट राजन सुन्चुरी र २ बाट महेश कुवरले उम्मेदवारी दिनु भएको छ । नेलाल मजदुर किसान पार्टीको तर्फवाट क्षेत्र नं. १ मा गिता देवी कर्मचार्य र २ वाट म्हेन्दो तामाङले उम्मेदवारी दिनु भएको छ।त्यसैगरि क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाको तर्फवाट दावा ग्याम्छो लामाले उम्मेदवारी दिनु भएको छ ।मंगोल नेशनल अर्गनाइजेसन पार्टीको तर्फवाट दावा लामा क्षेत्र नं. १ र कर्णविर स्यांवु लामा क्षेत्र नं.२ बाट मनोनयन दर्ता गराउँनु भएको छ । यसै गरी नागरिक सर्वाेच्चता पार्टीको तर्फवाट क्षेत्र नं. १ मा अशोक कुमार श्रेष्ठ र २ बाट शेरवहादुर तामाङले उम्मेदवारी दर्ता गराउँनु भएको छ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट क्षेत्र नं. १ मा पासाङ शेर्पाले उम्मेदवारी दिनु भएको छ भने आम जनता पार्टीको तर्फवाट क्षेत्र नं. मा पासाङ तामाङ र २ वाट गणेश बहादुर श्रेष्ठले मनोनयन दर्ता गराउँनु भएको छ । राष्ट्रिय मुक्ति पार्टीको तर्फवाट क्षेत्र नं. २ मा मिङमार तामाङले उम्मेदवारी दिनु भएको छ । त्यसैगरि स्वतन्त्रउम्मेदवारी दिनुहुने हरुमा क्षेत्र नं. १ मा पदमबहादुर तामाङ , सन्तकुमार तामाङ र सानु तमाङ रहनु भएको छ भने क्षेत्र नं. २ मा दीपक ढकाल, विजु श्रेष्ठ र सुन्दर अधिकारी रहनु भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते विहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।