सम्पर्क

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न


मेलम्ची, सिन्धुपाल्चोक ।
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न भएको छ । “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वधार” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा शनीबार मेलम्ची नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको हो। नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी को प्रमुख अतिथ्यतामा र नेपाल शिक्षक महासंघका संघीय अध्यक्ष श्री लक्ष्मीकिशोर सुवेदी को बिशेष अतिथ्यतामा भएको सभामा आफनो भनाइ राख्दै प्रमुख अतिथी सोमनाथ गिरी ले नेपाल शिक्षक संघको इतिहास, वर्तमान र भविष्यलाई जोड्दै शिक्षक संघ लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्नुभयो।उहाँले शिक्षकको पेशागत मर्यादा, आत्मसम्मान र अधिकार सुनिश्चित गर्न संघीय नेतृत्व सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा बिशेष अतिथीलक्ष्मीकिशोर सुवेदी ले शिक्षक महासंघको तर्फबाट बोल्दै शिक्षक आन्दोलन केवल सेवा सुविधाको मागमा सीमित नभई शिक्षाको राष्ट्रिय एजेन्डा बन्नुपर्ने धारणा राख्नुभयो।“शिक्षक कमजोर भए शिक्षा कमजोर हुन्छ, शिक्षा कमजोर भए लोकतन्त्र कमजोर हुन्छ,” उहाँको यो कथन सभाभर गुञ्जिरहेको थियो । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष श्री ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शान्त, संयमित र स्पष्ट दृष्टिकोणका साथ उहाँले सभालाई अनुशासित ढंगले अगाडि बढाउनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै निर्मला तिमिल्सिना ले औपचारिकताभन्दा भावनात्मक थिए। शिक्षक समुदायले भोग्दै आएको चुनौती, समर्पण र अपेक्षालाई सरल तर गहिरो शैलीमा प्रस्तुत गर्दै उहाँले प्रतिनिधि सभाको वातावरणलाई आत्मीय बनाउनुभएको थियो ।प्रतिनिधि सभामा स्थानीय, प्रदेश र संघीय तहका नेतृत्वकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।स्थानीय अध्यक्षसुभद्रा खत्री ले स्थानीय तहमा शिक्षकका समस्या र सम्भावनाबारे आफ्ना अनुभव साझा गर्नुभयो।ईश्वर चौलागाईं ले शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै वर्तमान पुस्तालाई सचेत रहन आग्रह गर्नुभयो।सहकारी अध्यक्ष बासु पौडेल ले शिक्षक र सहकारीबीचको सहकार्य आर्थिक सशक्तीकरणको महत्वपूर्ण आधार हुन सक्ने धारणा व्यक्त गर्नुभयो।नेपाल शिक्षक संघका पूर्व बागमती प्रदेश उपाध्यक्ष श्री यज्ञ दंगाल ले शिक्षक आन्दोलनका उतार–चढाव, उपलब्धि र भविष्यका चुनौतीमाथि स्पष्ट विचार राख्नुभयो।
त्यसैगरी नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा ले जिल्लामा शिक्षक एकताको आवश्यकता औँल्याउँदै संगठनात्मक मजबुती बिना अधिकार सुनिश्चित नहुने धारणा राख्नुभयो।
बागमती प्रदेश अध्यक्ष दिपक सिम्खडा ले संघीय संरचनामा शिक्षकका अधिकार, सेवा सुविधा र भूमिका अझै स्पष्ट हुन नसकेको यथार्थ प्रस्तुत गर्नुभयो।संघीय उपमहासचिव श्री नारायण तिमिल्सिना ले नीति निर्माण तहमा शिक्षकको आवाज प्रभावकारी रूपमा पु¥याउन संगठनलाई वैचारिक रूपमा सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
महासचिव ज्ञानेन्द्रबहादुर रावल ले शिक्षक पेशाको सम्मान र पेशागत सुरक्षा सुनिश्चित नगरी शिक्षा सुधार केवल नारामा सीमित हुने चेतावनी समेत दिनुभयो।
सभा अध्यक्ष ऋषिराम पौडेल ले समापन मन्तव्यमा प्रतिनिधि सभाबाट उठेका सुझाव, आवाज र अपेक्षालाई संघीय तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले शिक्षक एकता, संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतालाई आगामी कार्यदिशाको मूल आधार बनाइने बताउनुभयो।
कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका जिल्ला सचिवरुद्रबहादुर कार्की ले कुशलतापूर्वक गर्नुभएको थियो। समय व्यवस्थापन, विषय सन्तुलन र सभाको गरिमालाई कायम राख्दै उहाँले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। प्रतिनिधि सभा केवल वार्षिक औपचारिक कार्यक्रम मात्र नभइ शिक्षकको आत्मसम्मानको घोषणा समेत रहेको सहभागी ज्ञान बहादुर तामाङले बताउँनु भयो उाहाका अनसुसार शिक्षाको गुणस्तरका लागि गरिएको सामूहिक प्रतिबद्धता लोकतान्त्रिक अभ्यासमा शिक्षकको भूमिकाको पुनःपुष्टि निबृत्त शिक्षकहरु तथा उत्कृष्ट स्थानीयलाई स्मेत सम्मानित गर्दै शिक्षा बचाउन शिक्षकको सम्मान अनिवार्य जस्ता महत्वपुर्ण उपलब्धी रहेका थिए मर्यादित शिक्षक बिना गुणस्तरीय शिक्षा सम्भव छैन। गुणस्तरीय शिक्षा बिना समृद्ध राष्ट्रको कल्पना अधुरो हुन्छ भन्ने मुख्य शन्देस ब्यवहारमा देखाउँन यो सभाले महत्वपुर्ण भुमिका खेलेका समेत तामाङले जानकारी दिनु भयो । शिक्षक आन्दोलन, पेशागत मर्यादा, शैक्षिक गुणस्तर र लोकतान्त्रिक अभ्यासको साझा संगम बनेको यो प्रतिनिधि सभा केवल औपचारिक कार्यक्रममा सीमित रहेन, बरु शिक्षाको भविष्यबारे गम्भीर विमर्श गर्ने ऐतिहासिक मञ्चका रूपमा स्थापित भयो।शिक्षा कुनै भवन, पाठ्यक्रम वा परीक्षामा मात्र सीमित विषय होइन। शिक्षा त्यो उज्यालो हो, जसले समाजलाई दिशा दिन्छ, लोकतन्त्रलाई मजबुत बनाउँछ र राष्ट्रको आत्मालाई जीवित राख्छ। यही सन्देशलाई केन्द्रमा राख्दै सम्पन्न प्रतिनिधि सभाले शिक्षकको पेशागत मर्यादा सुरक्षित नगरी गुणस्तरीय शिक्षा सम्भव छैन भन्ने तथ्यलाई पुनः दृढतापूर्वक स्थापित गरेको समेत तामाङले जानकारी गराउँनु भयो ।