सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयले आफ्नो ६६औ बार्षीकउत्स्वव मनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापा , वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब काठमाण्डौद्धारा बिद्यालयमा रहेका २७२जना बिद्यार्थीलाइ झोला कापी लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गर्दै मनाइएको बार्षीक उत्सव समारोहमा बिद्यालयका शिक्षक तथा बिद्याथीहरुलाइ सम्मान समेत गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जिबन कृष्ण नेपालको सभापतीत्वमा भएको कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा जोड दुइ कक्षा १२ सम्म निशुल्क गर्न लागएिको बताउँनु हुँदै बिद्यालयको भवन मात्र राम्रो भएर हुँदैन गुणस्तरिय शिक्षा प्रदान गर्न सके मात्र नतीजा देखीने भएकाले सबैले त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । कार्यक्रममा नगर उपप्रमुख सिता थापाले चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षा सिकाइमा उपलब्ध हासिल गर्नका लागी हरेक सहयोग गरिरहेको र उपलब्धी मुलक शिक्षा सिकाइका लागी नगरपालिका सँधै तैयार रहेको बताउँनु भयो । वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालले स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी खेर जान नदीन बिद्यालय प्रशासन लागी पर्न पर्ने बताउँनु हुँदै दिनानुदिन बिद्यार्थीको सख्या घट्दै जान थालेकोमा चिन्ता ब्यक्त गर्नु भयो । समारोहलाइ सम्बोधन गर्दे बिद्यालय व्यवस्थापन समितीका पुर्ब अध्यक्ष नेत्र बहादुर बस्नेतले शिक्षा सिकाइका लागी प्रयोगात्मक शिक्षाको व्यवस्थागर्न पर्ने बताउँनु हुँदै किताब पढेर मात्र शिक्षा सिकाइमा उपलब्धी नहुने बताउँनु भयो । भुत पुर्ब बिद्याथी समाजका अध्यक्ष नकुल नेपालले बिरोधका लागी बिरोध नभइ शिक्षा सिकाइमा सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । पुर्ब वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बिद्यालयले गर्ने हरेक कामहरुमा बिगतमा सहयोग गरेका सहयोगीहरुलाइ पनी सम्झने गर्न पर्ने बताउँनु भयो । बिद्यालयकाप्रधानध्यापक बद्री प्रसाद नेपालले १४८७०८३२रुपैया ५४पैसाको आम्दानी खर्चको बिबरण प्रस्तुत गर्दे बिद्यालयको बार्षीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । लायन्सक्लब जोन चियर पर्शन मुकुन्द अधिकारीले बिद्यालयमा आएर बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्न पाउँदा आफुलाइ खुशी लागेको बताउँनु भयो । भुत पुर्ब बिद्यार्थी समाजका सचिब सरोज बोहाराले शिक्षा सिकाइ का लागी सबै एक भएर लाग्न पर्ने बताउँनु भयो । बिद्यालयका शिक्षक कृष्ण प्रसाद अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले सस्कृती कार्यक्रमको समेत प्रस्तुती गर्नु भएको थियो । शिक्षक अभिभावक सघका अध्यक्ष दिपक श्रेष्ठ भुतपुर्ब बिद्यार्थी समाजका सल्लाहकार संयोजक लक्ष्मण नेपाल, उपाध्यक्ष छन्द प्रसाद नेपाल, कोषाध्यक्ष सुजन बस्नेत सदस्यहरु दुर्गा न्योपाने नेपाल, नारायण नेपाल लगाएत बिद्यालयका बिद्यार्थी अभिभावकहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।

२०१७सालमा श्री साँगाचोकपाठशालाको रुपमा स्थपना भएको बिद्यालय साबीकको साँगाचोक पाठशाला, साँगाचोक प्राबी , साँगाचोक निमाबी हुँदै साँगाचोक माबीको नामबाट सञ्चालन भइरहेको बिद्यालयको व्यवस्थापन समितीमा पहीलो पटक निर्बाचन भइ निर्बाचित बिव्यवस अध्यक्ष नेत्र बहादुर बस्नेतको पहलमा र बिशेष सक्रीयतामा सस्थापकको खोजी गरी सस्थापकहरुलाइ सम्मान गर्ने निती लागु गरेर आफ्नै गाँउको नाम राखेर बिद्यालयको नाम परिबर्तन गरी डडुवा भवगानी शङ्कर माबी नामकरण गरिएको थियो भने बस्नेतकै बिशेष सक्रियतामा बिद्यालय नजीकै रहेको साउँने खोला भरेर बिद्यालयको ग्राउण्ड निर्माण गर्न शुरु गरिएको थियो । हाल डडुवा भवानी शङ्कर माबीमा शिक्षक शिषीका गरी १९जना र ३जना बिद्यालय कर्मचारी गरी २२जना रहनु भएको छ भने २७२जना बिद्यार्थी रहेको बिद्यालयले जनाएको छ ।
