सम्पर्क

बारबिसे नगरपालिकाको १८औ नगर सभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला बार बिसे नगरपालिका ले आफ्नो १८औ नगर सभा सम्पन्न गरेको छ । नगरपलिकाको कबर्डहलमा मङ्गलबार भएको नगर सभाले यस अघी बिनयिोजन भएको बजेटको रकमान्तरण समेत गरेको छ । नगर सभाले आब २०८२÷८३का लागी हाल सम्म नगर कार्यपालिकाबाट भएका निर्णयहरु सर्ब सम्मत अनुमोदन गर्नुकासाथै हाल सम्म भएको आम्दानी खर्च अनुमोदन गरेको छ । नगर सभामा उपस्थित सभासदहरुलाइ नगर प्रबक्ता एवम वडा नं ८का वडाअध्यक्ष बिमल पौडेलले उपस्थितलाइ मन्तब्यद्धारा स्वागत गर्नू भएको थियो भने उप प्रमुख मन्जु तामाङले नगरपालिकाबाट भएका योजना र न्यायीक समितीले गरेका कार्यहरुका बारेमा जानकारी गराउँनु भएको थियो । नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश नेपाली वडाअध्यक्षहरु कर्यपालिकाका पदाधिकारीहरु वडाका पदाधिकारीहरु बिषयगत शाखाका कर्मचारीहरु लगाएतको उपस्थितीमा भएको नगर सभालाइ सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले देस सघंीयतामा गए पश्चात सबै नागरिकको घर दैलोमा हुने स्थानीय सरकार नै हो त्यसैले नागरिकको माग बमोजिम सञ्चालन हुन पर्ने भएकाले सबै घर दैलोमा आफुहरु पुग्न सफल रहेको बताउँनु भयो । बस्नेतले आफ्नो कमाइ भनेकै निशुल्क शिक्षा र नागरिकले पाएको सुबिधाका बारेमा सबैबाट प्रशंसा हुनुनै मुख्य रहेको बताउँनु भयो ।