सम्पर्क

पत्रकार महासंघ काठमाडौंद्धारा पूर्वसभापति दाहालप्रति श्रद्धाञ्जली

 

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य तथा शाखाका सल्लाहकार पुर्ब अध्यक्ष सुर्य सुबेदी महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष कमल राना, सहसचिव विक्रम रत्न र सदस्य चेतनारायण बेलवासे लगायत शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । पुर्ब मन्त्री समेत रहनु भएका दाहालको गत पौष २५ गते निधन भएको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सोमबार कार्यक्रमको आयोजना गर्दै स्व दाहाल प्रती श्रद्धाञ्जली व्यक्त गरेको हो ।पत्रकार महासंघ काठमाडौं शाखाले स्व. दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी र अभिभावकीय व्यक्तित्व गुमाएको जनाएको छ ।कार्यक्रम केन्द्रीय सदस्य सुर्य सुबेदीलेस्व. दाहालले नेपाली पत्रकारिता र लोकतान्त्रिक मूल्य स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्नू भयो । पत्रकार महासघं शाखा अध्यक्ष शोभा अर्यालले स्व दाहालले पत्रकारिता क्षेत्रमा पुर्रयाउँनु भएको योगदानका बारेमा जती चर्च गरे पनी नसकीने बताउँनु भयो । कार्यक्रमको सञ्चालन शाखाका सहसचिव विक्रम रत्नले गरेका थिए । नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यलयमा कार्यक्रम भएको थियो । (फोटो सुर्य अनलाइन)