सम्पर्क

जनजागृतीका प्रअ र शिक्षक प्रहरी नियन्त्रणमा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ रहेको श्री जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक र एक शिक्षक पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा राखीएको छ । सोही बिद्यालयकी कक्षा ७ मा अध्ययनरत१२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार प्रयास भएको आरोपमा विद्यालयका प्रधानाध्यापक सहीत सोही बिद्यालयका शिक्षक पक्राउ परेको जल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो । उँहाकाअनुसार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पीडित पक्षकाअनुसार माघ १२ गते साँझ विद्यालय नजिकै रहेको स्टेसनरी पसलमा पेन्सिल किन्न गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुव्र्यवहार प्रयास गरेको आरोप लागेको छ । घटनापछि बालिकाले साथीसँग कुरा खोलेपछि माघ १३ गते विद्यालयमा घटना सार्वजनिक भएको थियो ।पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना कानुनी प्रक्रियामा लैजानुको साटो मिलापत्र गराउने प्रयास गरेको आरोप लगाइएको छ। यसबारेमा स्थानीयहरुले थाहा पाएपछि बुधबार स्थानीय अभिभावकहरू आक्रोशित भई विद्यालय परिसरमा भेला भए पछी स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरीले साँगाचोक चौकीमा लगेको थियो । चौकी मा समेत स्थानीयहरुको ठुलै भिड लागे पछी भिडलाइ प्रहरीले सम्झाउँदै कानुनी कार्बहीका लागी जिल्ला प्रहरी कार्यलय पठाएको र घटनाका बारेमा ’आवश्यक सोधपुछ र कानुनी प्रक्रियाअनुसार प्रहरीले अनुसन्धान अघि बढाएको छ, ।