सम्पर्क

स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

स्वास्थ्यको लागि खेलकुदको अती महत्वपुर्ण भुमिका हुने बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।उँहाले असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्नका लागी खेलको आवश्यक हुन्छ, त्यसैगरी खेलकुदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेल केटाकेटी र युवायुवतीहरूको मानसिक तथा शारीरिक विकासका लागि अती आवश्यक छ भन्नु भयो । बाह्र्बिसे नगरपालिका द्धारा आयोजित सातौ राष्टपती रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । किताबी ज्ञान सँगसँगै खेलको बिकासले नै नगरको बिकास हुने आफुले पाएको बताउँनु हँुदै बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट आफु नगर प्रमुख भए पछी भएको शिक्षाको बिकासका कारण आफुलाइ खुशी लागेको बताउँनु भयो । निशुल्क शिक्षा निशुल्क स्वास्थ्य, खानेपानीको व्यवस्था गरेर नागरिकको समस्या समधान गर्नु नै नेपाली कााग्रेसको मुख्य उद्धेश्य भएकाले आफुले सोही आधारमा काम गरेकाले हरेक बिद्यार्थीहरुले आफुलाइ राम्रो मानेको बताउँनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगर उप प्रमुख मन्जु तामाङले खेल जगतको बिकास भए मात्र सबैको बिकास हुने बताउँनु भयो । नगर सामाजीक बिकास समितीका संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष शेखर भण्डारीको सभापतीत्वमा भएको उद्धघाटन सामारोहका सञ्चालन शिक्षा अधिकृत रोहीत भट्ले गर्नु भएको थियो । नगरमा रहेको माध्यमिक बिद्यालयहरुका बिद्यार्थीहरु बिच हुने प्रतिस्पर्धाको उद्धघाटन समारोहमा बिद्यार्थीहरुको कला नाच समेत प्रस्तुत गरिएको थियो प्रतियोगिता तिन दिन सम्म चल्ने भएको छ ।