सम्पर्क

ब्रेकिङ न्युज १

सुनकोशी इन्द्रावती समाजद्वारा सम्मान 

ब्रेकिङ न्युज १, समाचार
सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले चिकित्सक, स्वास्थ्यकर्मी तथा विभिन्न संस्थाहरूलाई आज सम्मान गरेको छ । समाजबाट प्रा डा सगुननारायण जोशी, प्राडा केपी सिंह, प्राडा जीवनकुमार श्रेष्ठ, प्राडा दीपकप्रकाश महरा, प्राडा आनन्दकुमार शर्मा, प्राडा शङ्करमान राई, प्राडा पद्मराज पन्त, प्राडा रत्नमणि गजुरेललगायत चालीसभन्दा बढी चिकित्सक, परिचारिका एवं विभिन्न संस्थाहरू सम्मानित भएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला र समाजका अध्यक्ष भूपेन्द्र थापाले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेता डा कोइरालाले नेपालमा स्वास्थ्य र शिक्षा निकै महँगो भएकाले यसलाई कसरी पहुँचयोग्य बनाउने भन्ने विषयमा सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य प्रणालीलाई कसरी अलि कम खर्चिलो र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्छ ।” समाजका अध्यक्ष थापाले दाताको ...

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ४ भदौः सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ । उहाँले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजा...

श्रावण शुक्ल पूर्णिमाः मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३ भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बत...

सोलुखुम्बुको थामेमा भीषण बाढी

ब्रेकिङ न्युज १, समाचार
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५   स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गर्नुभयो । थामे गाउँमा बाढीले क्षति पु–याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्न...

दुना टपरीमा पहीरो १५लाख बराबर क्षेती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनलाई पहिरोले क्षती गरेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ सुकुटे सेरामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनमा माथीबाट श्रावण ३० गते राती परेको अबिर बर्षाको कारण पहिरो खसी भबन पुर्ण रुपमा क्षती भएको हो । पहिरोबाट भबन भित्र रहेको सामानहरु नस्ट भएको छ भने सुरक्षाकर्मी जनप्रतिनिधीहरुको सहयोगमा पुरिएको मेसिन निकालिएको छ । निकालीएको मेशीन पनि क्षेती भएको अबस्थामा रहेको उत्पादन केन्द्रका शारदा प्रसाद चालीसेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ अध्यक्ष इश्वर तामाङ वडा नं ५ का अध्यक्ष जाल बाहादुर तामाङ सुरक्षा निकायहरुकोे उपस्थितमा मेसिन र केही सामान निकालीएको छ, भने करिब १५ लाख बराबरको क्षती भएको छ । ...

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा (सिन्धुपाल्चोक), ३१ साउनः यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीयस्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् । पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो । आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना ...

दृष्टिबिहिन बिद्यार्थी लाई उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको सहयोग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले दृष्टिविहीन बालबालिकालाई आवश्यक शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको वनदेवी माध्यामिक विद्यालयका दृष्टिविहीन ११ जना बालबालिकालाई संघले शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाउँन पाएको धेरुे खुशी लागेको सघंका अध्यक्ष बुद्धराज बस्नेतले बताउँनु भयो । जिल्लको एकमात्र दृष्टिबिहिन स्रोत कक्षा सञ्चालित विद्यालयमा पुगेर ३० औँ स्थापना दिवस मनाएको हो । सघंका पदाधिकारी हरु बनदेबी माबीमा पुगेर छात्रावासमा बसेर अध्ययन गरिरहेका दृष्टिविहीन ११ जना बालबालिकालाई शैक्षिक र खाद्य सामग्री सहयोग गरेको महासचिव ईश्वर गुभाजूले जानकारी दिनु भयो । महासचिव गुभाजूका अनुसार संघले ४ थान डिजिटल भ्वाइस रेकर्डर, ५ सय पिस कार्डबोर्ड पेपर चामल सहित दाल, चिउरा, तेल, चाउचाउ, चिनी, बिस्क...

छापभन्ज्याङ– ढाँडखोला– फट्केश्वर सडक कालोपत्रेको लागी शिलान्यास

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमनकुमार मास्केले सामाजिक सद्भाव, समन्वय, सहकार्य र सहअस्तित्व कायम राख्दै विकासका कामलाई अगाडी बढाउने बताउनुभएको छ । छापभन्ज्याङ ठाँटीपोखरी ढाँडखोला फट्केश्वर सडक कालोपत्रेको लागी शिलान्यास गर्दै मन्त्री मास्केले हाम्रा राजनीतिक आस्थाहरु फरक फरक भएपनि सबै मिलेर सहकार्य र सहअस्तित्व कायम गर्दै विकास गर्ने कुरामा आफु सचेत रहेको बताउनुभयो । भोटेकोसी, भुकम्प,मेलम्ची बाढी,र लार्केको बाढिले थलथलाएको सिन्धुपाल्चोकलाई अब सबै पार्टी मिलेर यहाँको समस्या समाधानमा लागी सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री मास्केले बागमती प्रदेश संगै देशको समृद्धिको लागी अब पनि काम नगर्ने हो भने कहिले गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले रुग्ण आयोजनाका निर्माण ब्यबशायी हरुलाई समयमै गुणस्तरीय काम गर्न निर्देशन दिदैं समयमै काम नगर्ने ठेकेदार...

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने, तत्काल कोशीबाट काम थालिने मन्त्री पौडेलको घोषणा

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गर्नू भएको छ। विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताउँनु भयो । ‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ’ भन्नु भयो । ‘यस(केन्द्र)ले मात्र देशैभर सेवा दिन सक्दैन,’ भन्दै, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं । ’कोशीमा छिट्टै उप केन्द्र खुल्ने र अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताउँनु भयो । सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण...

बलेफीको ठुलो छाँगामा क्यानोनिङ र रक क्लाइम्भिङ

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका –३ चिलाउने स्थित ठूलो छाँगा (झरना) मा “क्यानोनिङ र रक क्लाइम्भिङ” सुरू गरिएको छ । शनिबार पालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता र उपाध्यक्ष सरु लामा तामाङ, र्याफटिङ एण्ड क्यानोनिङ एसोसिएसनका उपाध्यक्ष रामेश्वर आचार्य लगायतको विशेष आतिथ्यतामा उद्घाटन गरिएको हो । बलेफी गाउँपालिकाबाट ३ लाख ५० हजार विनियोजन गरेको बजेटबाट सोही झरनामा यस सम्बन्धि आधारभुत पुर्वाधार तयार गरिएको वडा अध्यक्ष रितेश तामाङले जानकारी दिनुभयो । ठुलो छाँगामा क्यानोनिङका लागि ३ स्तरको झरना रहेको स्थानीय युवा प्रीतम गोले तामाङले बताउनुभयो । तामाङका अनुसार माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरकोमा आधारभुत अर्थात सिकारुहरुलाई सिक्न, बिचको करिब १२ मिटरको झरनामा सिकेर केही जन्नेहरुलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एडभान्सहरुका लागि उपयुक्त रहेको जानकारी दि...