सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका –३ चिलाउने स्थित ठूलो छाँगा (झरना) मा “क्यानोनिङ र रक क्लाइम्भिङ” सुरू गरिएको छ ।
शनिबार पालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता र उपाध्यक्ष सरु लामा तामाङ, र्याफटिङ एण्ड क्यानोनिङ एसोसिएसनका उपाध्यक्ष रामेश्वर आचार्य लगायतको विशेष आतिथ्यतामा उद्घाटन गरिएको हो ।
बलेफी गाउँपालिकाबाट ३ लाख ५० हजार विनियोजन गरेको बजेटबाट सोही झरनामा यस सम्बन्धि आधारभुत पुर्वाधार तयार गरिएको वडा अध्यक्ष रितेश तामाङले जानकारी दिनुभयो ।
ठुलो छाँगामा क्यानोनिङका लागि ३ स्तरको झरना रहेको स्थानीय युवा प्रीतम गोले तामाङले बताउनुभयो । तामाङका अनुसार माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरकोमा आधारभुत अर्थात सिकारुहरुलाई सिक्न, बिचको करिब १२ मिटरको झरनामा सिकेर केही जन्नेहरुलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एडभान्सहरुका लागि उपयुक्त रहेको जानकारी दिनुभयो ।
उद्घाटनसँंगै स्थानीय १० युवाहरुलाई शुक्रबार र शनिबार यस सम्बन्धि २ दिने आधारभुत तालिम समेत प्रदान गरेको थियो । 
