सम्पर्क

ब्रेकिङ न्युज १

चौतारा साँगाचोकगढी नगरपालिकाको १७औं नगरसभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो १७औं नगरसभा सम्पन्न गरेको छ । १७औ नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटा नगरले आर्थिक वर्ष २०८१/०८२ को श्रावण १ देखि पौष २५ गते सम्मको उपलब्धीहरुको संक्षिप्त विवरण सहितको नगरसभा नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आईतबार सम्पन्न गरेको हो । नगरसभामा प्रस्तुत विवरण प्रति आफ्नो धारणा राख्दै नगरप्रमुख सापकोटाले नगरसभा हुनुभन्दा अघि कार्यापालिकाका सम्पूर्ण सदस्यहरुको एकमतका आधारमा छलफल भएकोले छोटो अवधिमै नगरसभा सौहार्द वातावरणमा सम्पन्न भएकोप्रति प्रशन्न व्यक्त गर्नुभयो । नगरसभामा नगर उपप्रमुख सीता थापाले नगरपालिकाले गरेको अर्धवार्षिक उपलब्धीहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले सुशासन तथा सार्वजनिक सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, लक्षित वर्ग , पशु सेवा, सूचना प्रविधि तथा संचार, उद्यम ...

बिजुलीको काम गर्दा गर्दै गयो श्रमिकको ज्यान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ मा बिजुलीको पोलमा चडेर बिजुलीको लाइन मिलाउँने क्रममा एकजना श्रमीकको ज्यान गएको छ । हामीलाई प्राप्त समाचार अनुसार दिउसो १२ बजेदेखी करेन्ट बन्द भएपछी बिजुली चेक जाँच गर्ने क्रममा एक्कासी लाइन आएपछी बाह्रबिसेमा पोलमा चढेका श्रमीकको निधन भएको हो । मर्मत गर्दैे गरेको अबस्थामा करेण्ट लागेको स्थानीयहरुको भनाई रहेको रेडियो लोकप्रिय नेत्रज्योतीका कर्मचारी नमुना बिकले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन । स्थानीयहरुको अनुसार मृतकको घर मकावनपुर जिल्ला भएको बताइएको छ । यसको वास्तविकता भने प्रहरीले अनुसन्धान गरिरहेको हुँदा अनुसन्धान पछी मात्र थाहा हुनेछ ।...

शिक्षक विद्यार्थी मिलेर विद्यालयमा फलाए तरकारी

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे /बाह्रबिसे शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसम्म जोडेर सुरु गरिएको बाह्रबिसे नगरपालिका २ दुरुमथलीको मंगलादेबी जनजागृती आधारभूत विद्यालयमा प्रधानाध्यापक बमबहादुर तामाङको योजना र पहलमा विद्यार्थीहरु र शिक्षक मिलेर विद्यालयको करेसाबारीमा फलाएको तरकारी फलाइ आत्मनिर्भर हुने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै विद्यार्थीहरुको सिकाईमा थप प्रभाव देखिएको पाइएको छ । सो विद्यालयका विद्यार्थीहरु र शिक्षक यतिबेला विद्यालयकै करेसाबारीमा तरकारी टिपिरहेका छन् । विद्यालयमा गत वर्षदेखि सुरु भएको तरकारी फलाउने कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई सहभागी गराइएको छ । विद्यार्थीहरुले विद्यालयकै करेसाबारीमा मौसम अनुसारका तरकारीहरु लगाउने गर्छन् । करेसाबारीमा उत्पादन भएको तरकारी विक्रीवितरण पनि गर्न थालिएको छ । ।नेशनल केयर फाउन्डेसन र फ्रन्जेस क्राइज जर्मनी को सह...

समाचार लेखेकै कारण ज्यान मार्ने धम्कीका बारेमा प्रतिबेदन महासघमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  समाचार लेखेकै कारण ज्यान लिने सम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ। समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ। नेपाल पत्रकार महासंघले प्रतिवेदनको अध्ययन गरी आवश्यक कदम चाल्ने तयारी थालेको छ।...

बाह्रबिसे नगरले गठन ग¥यो नगर स्तरीय महिला सञ्जाल

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको नगर स्तरीय महिला सञ्जाल गठन गरिएको छ । बिहिबार बाह्रबिसे नगरपालिकाको नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा, बाह्रबिसे नगरपालिकाका उपप्रमुख मञ्जु तामाङको सभापतित्वमा नगरपालिका स्तरीय महिला सञ्जाल गठन गरिएको हो । विभिन्न वडाहरुमा गरिएको वडास्तरीय सञ्जालहरुको प्रतिनिधित्व हुने गरी मिनु बस्ेतको अध्यक्षतामा १२ सदस्यीय सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा सानु थापा, सचिव शुभलक्ष्मी तामाङ, कोषाध्यक्ष लकमाया तामाङ, सह–सचिव दासाङ्मु शेर्पा र सह–कोषध्यक्ष सर्मिला पराजुली रहनुभएको छ । यसैगरि सदस्यहरुमा कविता विक सानुमाया विक, चरि नेपाली, गणेश कुमारी रिसाल, लक्ष्मी श्रेष्ठ र तुलसीमाया श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु तामाङले महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको...

तातोपानी नाका बन्द हुने

ब्रेकिङ न्युज १, समाचार
नेपाल र चीनबीचको स्थलमार्ग तातोपानी नाका फेरि बन्द हुने भएको छ । गत असोज १२ गतेको बाढीले बगाएको लिपिङखोला पुलमा बेलिब्रिज जडान गर्ने तयारी भएसँगै नाका बन्द गरिन लागिएको हो । २९ जनवरीमा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुने भएकाले सोही अवधिमा नाका बन्द गर्ने नेपाल पक्षको तयारी छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ समक्षीसँग समन्वय गरेर केही दिनलाई आयात बन्द गर्ने तयारी गरेको र त्यसको आधिकारिक सूचना जिल्ला प्रशासनले जारी गर्ने जानकारी दिनुभयो । नेपाल–चीन अधिकारीबिच अनौपचारिक छलफल भएअनुसार माघ ६ गतेदेखि २५ गतेसम्म आयात बन्द गर्ने तयारी गरिएको हो । वैकल्पिक मार्ग नभएकाले निर्माण समयावधिको केही दिन तातोपानी नाका बन्द हुनेछ । अहिले ह्युमपाइप बिछ्याएर ढुंगामाटोले भरिएको जोखिमपूर्ण बाटोबाट कन्टेनर आवतजावत भइरहेको छ । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार लिपिङ खोलामा बेलिब्रिज जडान...

बाह्रबिसेको नगर स्तरिय हाजिरीजवाफ प्रतियोगितामा भद्रकाली मावि प्रथम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सम्पन्न भएको प्राबि (६–८) को नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा भद्रकाली माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नगरपालिका अन्र्तगतको वार्षिक विकास कार्यक्रम तथा शैक्षिक क्यालेण्डर २०८१ अनुसार आयोजित उक्त प्रतियोगितामा बाह्रबिसे नगरपालिका भित्रका १५ वटा सामुदायिक तथा १ निजी विद्यालय गरी जम्मा १६ वटा विद्यालयहरुको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको होे । उक्त प्रतियोगितामा सिगार्चे आधारभुत विद्यालय द्धितीय, सरस्वती माध्यमिक विद्यालय तृतीय र गोरखानाथ आधारभुत विद्यालय सान्त्वना भएको छ । नगर शिक्षा शाखा अधिकृत रोहित भट्टको अध्यक्षता तथा बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा शुक्रबारआधारभुत तह नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न गरिएको थि...

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको तेस्रो नगर अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाञ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख वक्ता डम्बर बहादुर अर्यालले शिक्षकको पेशागत संगठनले विगतमा गरेको संघर्षका कारण विभिन्न हक अधिकार स्थापित गर्न सकेको बताउँदै पेशागत विकासमा रचनात्मक हिसाबले अगाडी ...

सद्‍भाव युवा समाज कतारद्वारा सिन्धुलीका बाढी पिडितलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार सद्‍भाव युवा समाज कतारले सिन्धुलीका बाढी पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । सद्‍भाव युवा समुह नेपालको समन्वयमा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ मुलकोट पल्लोरीका बाढी पीडितहरुलाई चालीस हजार रुपैया नेरु रकम सहयोग गरेको हो । सद्‍भाव  युवा समूहका पुर्व सदस्य संरक्षक खडक श्रेष्ठ र सद्‍भाव युवा समूह नेपालका पदाधिकारीहरु सुनकोशी गाउपालिका मुलकोट पल्लोरीमा पुगेर करिब ८० घरघुरी रहेका बाढी पीडित परिवारहरुलाई खानेपानी पाईप खरिदको लागी सिन्धुली क्षेत्र नं. २ का सघिंय सांसद लेखनाथ दाहाल (राजन), सुनकोशी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत स्थानिय समाजसेवीहरुको रोहवरमा राहत स्वरुप रकम सुनकोशी गाउपालिकालाई हस्तान्तरण गरिएको  सद्‍भाव युवा समूह कतारका अध्यक्ष बिजय गुरुङले बताउनुभयो । रकम हस्तान्तरण पश्चात् सांसद दाहालले सदंभाव युवा समुह कतारले अत्...

बाह्रबिसे–७ सरस्वती शंकर माविमा बालसञ्जाल गठन, अध्यक्षमा पूर्णिमा शेर्पा

ब्रेकिङ न्युज १, समाचार
बाह्रविसे नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती शंकर माध्यमिक विद्यालयमा बालसञ्जाल गठन भएको छ । बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसको समन्वयमा ७ सदस्यीय बालसञ्जाल गठन गरिएको हो । सरस्वती शंकर माध्यमिक विद्यालयकी पूर्णिमा शेर्पाको अध्यक्षतामा नवगठित बालसञ्जाल गठन भएको हो । बालसञ्जालमा उपाध्यक्षतर्फ भने प्रेम थापा, सचिवमा दीपशिखा प्रद्यान, सदस्यहरुमा जेनिश श्रेष्ठ, पवित्रा थापा, प्रविना मगर र स्वेता खड्का रहेका छन् । कार्यसमितिमा पुर्नगठन हुनेगरि हालको कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ । बालमैत्री स्थानीय शासनका लागि तय गरिएको निर्देशिकामा बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक ...