पृथ्वीजंग पाण्डे /बाह्रबिसे
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसम्म जोडेर सुरु गरिएको बाह्रबिसे नगरपालिका २ दुरुमथलीको मंगलादेबी जनजागृती आधारभूत विद्यालयमा प्रधानाध्यापक बमबहादुर तामाङको योजना र पहलमा विद्यार्थीहरु र शिक्षक मिलेर विद्यालयको करेसाबारीमा फलाएको तरकारी फलाइ आत्मनिर्भर हुने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै विद्यार्थीहरुको सिकाईमा थप प्रभाव देखिएको पाइएको छ । सो विद्यालयका विद्यार्थीहरु र शिक्षक यतिबेला विद्यालयकै करेसाबारीमा तरकारी टिपिरहेका छन् । विद्यालयमा गत वर्षदेखि सुरु भएको तरकारी फलाउने कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई सहभागी गराइएको छ । विद्यार्थीहरुले विद्यालयकै करेसाबारीमा मौसम अनुसारका तरकारीहरु लगाउने गर्छन् ।
करेसाबारीमा उत्पादन भएको तरकारी विक्रीवितरण पनि गर्न थालिएको छ । ।नेशनल केयर फाउन्डेसन र फ्रन्जेस क्राइज जर्मनी को सहकार्यमा विद्यालयको आफ्नै जग्गा नभएकोले स्थानीय ग्याल्जेन शेर्पा संग दुई रोपनी जग्गा दस वर्षको लागि नेशनल केयर फाउन्डेसन नेपाल को सहयोगमा फ्रन्जेस क्राइज जर्मनिले भाडा तिरिदिने गरेको छ । विद्यालयको स्थापना कालदेखि भौतिक ,शैक्षिक पक्षमा सहयोग गर्दै आएका काठमाडौ निवासी मोहनलाल राइको छोरा सुवास राई को उक्त योजना सफल पार्न बिशेष भुमिका रहेको छ । उक्त कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले बताउनुभयो । विद्यार्थीहरु अहिले पढेको कुरा अभ्यास गर्नेसँगै व्यवसायीक रुपमा लाग्नको लागि आवश्यक कुराहरु ज्ञान आर्जन गरिरहेको उहाँको भनाइ छ । विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भएपनि बिस्तारै चासो दिन थालेको शिक्षक साजन तामाङले बताउनुभयो ।
विद्यार्थीको अथाह मेहेनतले आज राम्रो नतिजा प्राप्त भएको उहाँले बताउनुभयो । विद्यार्थीले उत्पादन गरेको तरकारी खरिद गर्न आउनुभएकी विद्यालयका अभिभावक तथा गृहणी पासाङ शेर्पाले विद्यार्थीले उत्पदान गरेको अर्गानिक तरकारी खरिद गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
विद्यालयको करेसाबारीमा विद्यार्थीले उत्पादन गरेको तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गरिने गरिएको छ । दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हरावरा बनाउने र विद्यालयमा खेर गएका स्रोत साधनलाई प्रयोग गर्ने मुख्य उद्धेश्य सहित यो कार्यक्रमलाई लागु गरिएको बि ब्या स अध्यक्ष ज्याल्जेन शेर्पाले बताउनुभयो । हाल सो करेसाबारीमा गोलभेडा,मुला ,साग,उत्पादन हुँदै आएको छ । अब गाजर र गोलभेडा लगाउने तथा स्कुसको लागि छुट्टै टनेल निर्माण गर्ने विद्यालयको योजना छ । अहिले दुइ वटा टनेलमा तरकारी उत्पादन हुँदै आएको छ ।
