सम्पर्क

बाह्रबिसे–७ सरस्वती शंकर माविमा बालसञ्जाल गठन, अध्यक्षमा पूर्णिमा शेर्पा

बाह्रविसे नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती शंकर माध्यमिक विद्यालयमा बालसञ्जाल गठन भएको छ ।
बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसको समन्वयमा ७ सदस्यीय बालसञ्जाल गठन गरिएको हो । सरस्वती शंकर माध्यमिक विद्यालयकी पूर्णिमा शेर्पाको अध्यक्षतामा नवगठित बालसञ्जाल गठन भएको हो । बालसञ्जालमा उपाध्यक्षतर्फ भने प्रेम थापा, सचिवमा दीपशिखा प्रद्यान, सदस्यहरुमा जेनिश श्रेष्ठ, पवित्रा थापा, प्रविना मगर र स्वेता खड्का रहेका छन् । कार्यसमितिमा पुर्नगठन हुनेगरि हालको कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ । बालमैत्री स्थानीय शासनका लागि तय गरिएको निर्देशिकामा बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका न्यूनतम सूचकका साथै स्थानीय तहले थप गरेका अतिरिक्त सूचकसमेत हासिल गर्ने, स्थानीय तहमा बालमैत्री शासन कार्यान्वयन गर्ने र बालमैत्री वडा, गाउँपालिका वा नगरपालिका घोषणा गर्ने प्रक्रियामा सहजीकरण गर्ने प्रयोजनका लागि कार्यविधि जारी भएको छ ।