बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा महिलासञ्जाल गठन भएको छ ।
बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोगमा लोकप्रिय समाचारको समन्वयमा १५ सदस्यीय महिला सञ्जाल गठन गरिएको हो । १५ सदस्यीय महिला सञ्जालको अध्यक्षमा वितिरानी लामा, उपाध्यक्षमा गणेश कुमारी रिसाल, सचिवमा भावना तामाङ, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा अप्सरा तामाङ रहेका छन् ।
त्यस्तै सदस्यतर्फ भने चन्द्रमाई तामाङ, सुख्खा तामाङ, मंगलमाया तामाङ, तीर्थमाया तामाङ, दावामाया तामाङ, एलिजा तामाङ, वर्षा तामाङ, माया तामाङ, संचमाया श्रेष्ठ, जरि शेर्पा र कृष्णमाया श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा बोल्दै ७ का वडाध्यक्ष ङिमा शेर्पाले बालबालिका र महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
साथै उहाँले वडामा रहेका हरेक किसिमका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, नगरपालिकाका विपत् शाखा प्रमुख दुर्गा प्रसाद भण्डारी, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागिता रहेको
थियो ।
