दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
सद्भाव युवा समाज कतारले सिन्धुलीका बाढी पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । सद्भाव युवा समुह नेपालको समन्वयमा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ मुलकोट पल्लोरीका बाढी पीडितहरुलाई चालीस हजार रुपैया नेरु रकम सहयोग गरेको हो ।
सद्भाव युवा समूहका पुर्व सदस्य संरक्षक खडक श्रेष्ठ र सद्भाव युवा समूह नेपालका पदाधिकारीहरु सुनकोशी गाउपालिका मुलकोट पल्लोरीमा पुगेर करिब ८० घरघुरी रहेका बाढी पीडित परिवारहरुलाई खानेपानी पाईप खरिदको लागी सिन्धुली क्षेत्र नं. २ का सघिंय सांसद लेखनाथ दाहाल (राजन), सुनकोशी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत स्थानिय समाजसेवीहरुको रोहवरमा राहत स्वरुप रकम सुनकोशी गाउपालिकालाई हस्तान्तरण गरिएको सद्भाव युवा समूह कतारका अध्यक्ष बिजय गुरुङले बताउनुभयो । रकम हस्तान्तरण पश्चात् सांसद दाहालले सदंभाव युवा समुह कतारले अत्यन्तै सराहनीय कार्य गरेको बताउँदै युवा समूह कतारलाई धन्यवाद व्यक्त गर्नुभयो । कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखा हरुमा कार्यरत युवाहरुले नितान्त सामाजिक सद्भाव,मानव सेवा तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले कतारमा सन् २००८ मा स्थापना भएको सदभाव युवा समाज कतारले भुकम्प पिडित,बाढी पिडित, राष्ट्रिय आविष्कार केन्द्र, मानव सेवा आश्रम लगायत दुःख पिडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।
