सम्पर्क

ब्रेकिङ न्युज १

गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १ चैत : हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो । विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो । तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र म...

राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, विचार, समाचार
राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र प्रमुख जिल्ला अधिकारी किरण थापाको विशेष अतिथ्यतामा जिससको सभाहलमा उक्त कार्यक्रम भएको हो । सञ्चार तथा सुचान प्रबिधि मन्त्रालय मुद्रण बिभागद्वारा आयोजित राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले नेपाल राजपत्रको बिकास यसको पृष्ठभुमि र उद्वेश्यबारे प्रकाश पार्नुभएको थियो । मुद्रण अधिकृत रबिन्द्रमान महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा मुद्रण अधिकृत सुनिता रेग्मिले स्वागत मन्तवय राख्नु भएको थियो । मुद्रण बिभागका बरिष्ठ मुद्रण अधिकृत पदमराज पाठकको सभापतित्व भएको अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले, सङ्घ प्रदेस र स्थानिय तहको राजपत्र प्रकाशनमा एकरुपता कायम गर्ने, राजपत्र ...

लाँगर्चे माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 लाँगर्चे माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –८ को ६५औं वार्षिकोत्सव , अभिभावक दिवस तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनत गर्ने शिक्षकलाई सदैव सम्मान गर्ने बताउँदै भएका कमिकमजोरीलालाई सुधार्दै उत्कृष्ट नतिजा ल्याउन सकेमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यहाँको आग्रह अनुसार घेराबारको निम्ति सहयोग गरेको बताउँदै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीको मेहनतबाट मात्र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनपनि सहयोगको अपेक्षा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राममणी धितालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । पुर्वाधार र...

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
पाटन (ललितपुर), २४ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो । “हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै...

हाजिरिजवाफ प्रतियोगितामा तेर्से माध्यमिक विद्यालय पहिलो

ब्रेकिङ न्युज १, समाचार
११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय मेलम्ची –६ पहिलो भएको छ । त्यस्तै २५अंक सहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची –५ दोस्रो २२ अंक सहित नगरपालिका कर्मचारी टिम तेस्रो भएको नगरपालिकाका महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । त्यस्तै सोहि दिवसको अवसरमा बिहान महिला जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी टिम ३–२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।...

बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक,कतार बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार (मार्च ७) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वय तथा हमद अस्पताल संगको सहकार्यमा “रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको हो । समाजले पहिलो पटक आयोजना गर्न लागेको उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले अनुरोध समेत गर्नु भएको छ । शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म रक्तदान हुने कार्यक्रम संयोजक श्याम डिसीले जानकारी दिनुभएको छ ।...

राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली भएको छ । राष्ट्रिय झण्डासहित संघीयताको खारेजी र राजतन्त्रको पुनस्थपनाको माग राख्दै बुधबार राजधानीका सडकमा प्रदर्शनी भएको छ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको हो । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्गदेल सहीतको हजारौको सख्यामा राजधानीमा मोटर साइकल र्याली गरिएको राप्रपाको महीला नेतृ बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ तामाङ, स्याङवोले जानकारी दिनु भयो ।  ...

पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकालाई

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पारजित गर्दै उपाधी चौताराले जितेको हो । चौताराले उपाधी सँगै १ लाख रुपैयाँ नगद पाएको छ भने उपबिजेता बनेको सुनकोशीले भने ५० हजारमै चित्त बुझाएको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २–० गोल अन्तरल पराजित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका फाइनल प्रवेश गरेको थियो भने इन्द्रावती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनकोशीले चौतारासँगको फाइन भेट पक्का गरेको थियो । पाँचपोखरी थाङ्पालगाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा सञ्चालित १५ फागुन देखि सुरु भएको प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी भएका थिए ।...

कर्णाली प्रदेशको नेतृत्वमा मोतिलाल सर्वसम्मत चयन

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक कतारमा स्थापित कर्णाली प्रदेश समन्वय परिषद् कतारले तेस्रो अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । कर्णाली प्रदेश समन्वय परिषद कतारका काःवा अध्यक्ष मोतिलाल बुढा मगरको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा “छैठौं वार्षिक उत्सव“ तथा बिविध साँस्कृतिकको साथमा सम्पन्न गर्दै खुल्ला शत्र र बन्द शत्र गरेर दुई चरणमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी मोतिलाल बुढा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर राना, उपाध्यक्षमा क्रमश टंक बिश्वकर्मा,तिलक सिहं ठकुरी, शेर बहादुर रोकाय, पवि कुमारी थापा, महासचिवमा सुरेश केसी, सचिवद्घय हरिस रावल, प्रकाश हमाल, कोषाध्यक्षमा यज्ञ बहादुर रावत र सहकोषाध्यक्षमा रुपसिहं सिञ्जाली निर्वाचित भएका छन् । त्यस्तै क...

भुकम्पका कारण भागाभाग एक घाइते केन्द्रबिन्दु भोटेकोशीमा पहीरो

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
  शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको कारण मानीसहरुको भागाभाग भएको छ भने एक केदी घाइते भएको समाचार प्राप्त भएको छ । जिल्ल प्रहरी कार्यलयका अनुसार भुकम्प आए पछी जिल्ला कारागार सिन्धुपाल्चोकमा थुनामा रहेका भोटेकोसी गाँउपालिका वडा नं ५का ३३ बर्षीय स्याङ्वो तामाङ भुकम्प आएको बेला कारागारको दुएतले खाटको दोश्रो तलाबाट हामपाल्दा दाहीने हात फ्याक्चर भइ प्रहरी हवल्दार प्रशान्त पुरी सहीत भइ अस्पतालमा उपभार गराइ अस्पतालबाट डिस्चार्ज समेत भइ सकेको छ भने घाइतेको दहीने हातको पातो खुस्किएको जनाइएको छ । यसै गरी भोटेकोशी गाँउपालिका २ भैरब कुण्ड केन्द्र बिन्दै भएर आएको भुकम्पका कारण सोही गाउँपालिका वडा नं ३मा तुसारे माथकिो भिरमा सुक्खा पहीरो गएको र त्यँहा मानबिय बस्ती नभएकाले उो समाचार तैयार पार्दा सम्म कुनै क्षेतीको बिबरण आएको छैन त्यँ...