दर्शन सुनार/लोकप्रिय दैनिक,कतार
बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार (मार्च ७) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वय तथा हमद अस्पताल संगको सहकार्यमा “रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको हो । समाजले पहिलो पटक आयोजना गर्न लागेको उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले अनुरोध समेत गर्नु भएको छ ।
शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म रक्तदान हुने कार्यक्रम संयोजक श्याम डिसीले जानकारी दिनुभएको छ ।
