११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय मेलम्ची –६ पहिलो भएको छ । त्यस्तै २५अंक सहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची –५ दोस्रो २२ अंक सहित नगरपालिका कर्मचारी टिम तेस्रो भएको नगरपालिकाका महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
त्यस्तै सोहि दिवसको अवसरमा बिहान महिला जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी टिम ३–२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
