सम्पर्क

बाके सेवा समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४५ जना नेपालीले गरे रक्तदान

दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाके सेवा समाज कतारको आयोजना तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा र हमद अस्पताल संगको सहकार्यमा शुक्रबार “बृहत् रक्तदान“ कार्यक्रम सम्पन्न भएको हो ।
“रक्तदान जिवनदान“ भन्ने मुल नारालाई आत्मसाथ गर्दै समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो । समाजले पहिलो पटक आयोजना गरेको मानविय तथा परोपकारी कार्यमा १०२ जनाको उपस्थिति रहेको थियो । जसमध्ये ४५ जनाले रक्तदान गर्न सफल भएको समाजका महासचिब गुमान सिहं खत्रीले जानकारी दिनु भयो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाईदिनुहुने सम्पुर्णलाई समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले धन्यवाद सहित हार्दिक आभार प्रकट गर्नु भयो । रक्तदान कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट, विभिन्न सामाजिक ब्यक्तित्व,लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि,सहित पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो रक्तदान बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको थियो ।