सम्पर्क

‘शैक्षिक मेला’ मा कालिदेवीको अब्बल प्रस्तुती

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ७ श्यामसाधु स्थित श्री कालीदेवी आधारभूत विद्यालयको आयोजनामा शैक्षिक मेला भएको छ । बाह्रबिसे नगरपालिकाको सामुदायिक विद्यालयहरुका आधारभूत शिक्षाको गुणस्तर सुधारका लागी सन्चालित एकिकृत विध्यालय शिक्षा परियोजना कार्यक्रम अन्तर्गत बालमैत्री विद्यालय वातावरणमा बालकेन्द्रित शिक्षण सिकाइ बहुकक्षा बहुस्तर शिक्षण विधि सन्चालन गर्दै आइरहेको कालिदेवी आधारभुत विद्यालय, श्यामसाधु, बाह्रबिसे–७ सिन्धुपाल्चोकका बालबालिकाहरुले शिक्षण सिकाइको क्रममा सिकेका महत्वपुर्ण सिकाइ क्रियाकलापहरुलाई विद्यालय सरोकारवालाहरु माझ ‘शैक्षिक मेला’ मार्फत प्रस्तुत गरेका छन् । कक्षा १ देखि क कक्षा ५ सम्मका विध्यार्थीबाट २३ वटा स्टलहरु राखिएको सो शैक्षिक मेला सोही विद्यालयको वि.व्य.स अध्यक्ष मोहन बहादुर श्रेष्ठको सभाध्यक्षतामा, बाह्रबिसे नगरपालिका, नगर प्रमुख बालकृष्ण बस्नेत ज्यूको प्रमुख आतिथ्यतामा, साथमा यसै बाह्रबिसे नगरपालिकाको उप–प्रमुख मञ्जु तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । जसमा छिमेकी विद्यालयका प्र.अ तथा प्रतिनिधि, पुर्व प्रधानाध्यापक श्याम कृष्ण नेपाल सोही विध्यालयका सम्पूर्ण अभिभाबक लगायत करिब २०० जना सरोकारवालाहरुले राखिएका प्रत्येक स्टलहरुको प्रत्यक्ष अवलोकन गरी क्रियाकलापहरुमा सहभागी जनाउनुभएको थियो । आमा समुह र अभिभावक बिचमा म्युजिकल चियर र घ्याम्पो फुटाउने खेल पनि समावेश गरिएको थियो । उक्त आयोजित शैक्षिक मेलामा आमा समूहबाट स्थानीय स्तरमा उत्पादन हुने खानेकुराको प्रदर्शन समेत गरिएको थियो । सोही क्रममा सबै स्टलमा राखिएका क्रियाकलापहरुमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।
शैक्षिक मेला मार्फत असल अभ्यास सन्चालन र प्रदर्शन गरी सामुदायिक विद्यालय शिक्षाको गुणस्तर सुधारमा योगदान गर्नुहुने कालिदेवी आधारभूत विद्यालय, श्यामसाधु ,बाह्रबिसे नगरपालिका वडा नं ७ का प्रधानाध्यापक शान्ता पौडेल, सम्पूर्ण शिक्षकहरु तथा विद्यालय परिवारले यस्ता कार्यक्रमहरू आयोजना गर्दा विद्यार्थीको बौद्धिक क्षमताका साथै शैक्षिक क्षमतामा पनि वृद्धि हुने, बालमैत्री पद्धतिबाट कसरी शिक्षण सिकाइ गर्न र सिक्न सिकाउन सकिन्छ भन्ने कुराको पनि सबैलाई जानकारी प्रदान समेत गर्न सकिने भएकोले साथै अभिभावक तथा सरोकारवालाहरू र विद्यालयको सम्बन्ध सुमधुर हुने भएकाले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने जनाउनुभएको छ ।