सम्पर्क

कर्णाली प्रदेशको नेतृत्वमा मोतिलाल सर्वसम्मत चयन

दर्शन सुनार /लोकप्रिय दैनिक
कतारमा स्थापित कर्णाली प्रदेश समन्वय परिषद् कतारले तेस्रो अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । कर्णाली प्रदेश समन्वय परिषद कतारका काःवा अध्यक्ष मोतिलाल बुढा मगरको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा “छैठौं वार्षिक उत्सव“ तथा बिविध साँस्कृतिकको साथमा सम्पन्न गर्दै खुल्ला शत्र र बन्द शत्र गरेर दुई चरणमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी मोतिलाल बुढा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर राना, उपाध्यक्षमा क्रमश टंक बिश्वकर्मा,तिलक सिहं ठकुरी, शेर बहादुर रोकाय, पवि कुमारी थापा, महासचिवमा सुरेश केसी, सचिवद्घय हरिस रावल, प्रकाश हमाल, कोषाध्यक्षमा यज्ञ बहादुर रावत र सहकोषाध्यक्षमा रुपसिहं सिञ्जाली निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा तुल बहादुर बिक, निमा रोकाय, खुम बहादुर पुन, देउविर पुन मगर, पुर्ण बहादुर रोकाय, लोकेन्द्र खत्री, मिना डागीं परेक सुनार, ओम प्रकाश बार्हघरी र दिनेश तिरुवा रहेका छन ।

निर्वाचन समितिका संयोजक छविलाल बुढाथोकीले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा केही दिन पहिले एनआरएनए एनसीसी कतारका सह–कोषाध्यक्षको सडक दुर्घटनामा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको सम्झनामा मौन धारण समेत गरिएको थियो । कर्णाली प्रदेशको सल्यान र रुकुम जिल्लाको साँस्कृतिक चिनारी प्रसिद्ध तथा परम्परागत रुपमा नाचिने झाक्री मयुर नाच कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

एक दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । अधिवेशनमा कतारमा स्थापित विभिन्न बैचारिक सगंठ्न,विभिन्न मातृं संस्था ,जिल्ला संस्थाहरूका प्रमुख तथा तथा प्रतिनिधिहरुको उपस्तिथि सहित मन्तव्य रहेको थियो । शुभकामना वक्ताहरुले अब बन्ने नयाँ कार्यसमितिले कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्था सगं हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहेर काम गर्नेमा बिश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी भट्टले आफ्नो शुभकामना मन्तव्य बोल्दै कर्णाली प्रदेश समन्वय र कर्णाली सेवा समाज दुई ओटा संस्थालाई एनसिसी कतारले एकतामा बाध्न पटक–पटक पहल गरेर समाजमा सकारात्मक भावंले कतार तथा गृह जिल्लामा भई परि आउने समस्यामा फुटेर हैन जुटेर अगाडि बढ्न पहल गरे स्वरुप आज कर्णाली एकतामा बाधिएकोमा आफुलाई खुसी मिलेको बताउनु भयो । उहाँले स्वागत मन्तव्य राखिसकेपछि कार्यक्रममा उपस्थित भएका अतिथिहरुलाई आशन ग्रहणमा समय न खर्चिन हरेक आयोजक संस्थालाई सुझाब समेत दिनुभयो । कार्यक्रमको हलमा केही समयको लागी मात्र उपस्थित जनाएर शुभकामना मन्तव्य बोलेर कार्यक्रमबाट बाहिरिने संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई आयोजकले पनि बिशेष ख्याल राख्न जरुरी रहेको बताउदै अधिवेशनबाट बन्ने नयाँ कार्यसमितिले गैर आवासिय नेपाली संघ सगं हातेमालो गरेर कतारमा रहेका नेपाली श्रमिकका हक र हितका लागी काम गर्नेछ भन्ने बिश्वास समेत व्यक्त गर्नु भएको थियो । समाजले आयोजना गरेका हरेक कार्यविधिलाई सञ्चार माध्यमबाट सहयोग पु¥याउदै आएका पत्रकार तथा कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

प्रदेश समन्वयका उपाध्यक्ष पुर्ण बहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका महासचिव शुरेश केसीले गर्नु भएको थियो । अधिवेशनको खुल्ला शत्रको समापन गर्दै सभापति बुढा मगरले कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न विभिन्न माध्यमवाट सहयोग गर्नुहुने तथा कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गर्नु भएको थियो ।