राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र प्रमुख जिल्ला अधिकारी किरण थापाको विशेष अतिथ्यतामा जिससको सभाहलमा उक्त कार्यक्रम भएको हो ।
सञ्चार तथा सुचान प्रबिधि मन्त्रालय मुद्रण बिभागद्वारा आयोजित राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले नेपाल राजपत्रको बिकास यसको पृष्ठभुमि र उद्वेश्यबारे प्रकाश पार्नुभएको थियो । मुद्रण अधिकृत रबिन्द्रमान महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा मुद्रण अधिकृत सुनिता रेग्मिले स्वागत मन्तवय राख्नु भएको थियो । मुद्रण बिभागका बरिष्ठ मुद्रण अधिकृत पदमराज पाठकको सभापतित्व भएको अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले, सङ्घ प्रदेस र स्थानिय तहको राजपत्र प्रकाशनमा एकरुपता कायम गर्ने, राजपत्र प्रकाशनमा छिटो छरितो र त्रुटि रहित तुल्याउने, राजपत्रको छपाई अभिलेखिकरण, तथा बितरण प्रकृयामा अनुभवको आदन प्रदान गर्ने, नागिरकलाई सुचनाको प्रत्याभुति गराई अधिकार सम्पन्न बनाउने मुख्य उद्वेश्य रहेको बताउनु भयो । प्रस्तुतिकरणमा उहाँले राजपत्र प्रकाशनको महत्व, संघ, प्रदेस र स्थानिय तहमा राजपत्र प्रकाशनको प्रकृया, कानुनि आधार, राजपत्र प्रकाशनका लागि आबश्यक विवरण, राजपत्रमा प्रयोग हुने शब्दावलिहरु लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
सहभागहरुको तर्फबाट सुनकोसी गाउँपालिकाका युग बहादुर खड्काले राजपत्र प्रकाशनका लागि जिल्ला समन्वय समितिले सहजिकरण गर्न आबश्यक रहेको बताउदै हरेक पालिकाले राजपत्र प्रकाशन गर्नका लागि खर्च लाग्छ तर सबै २÷३ लाखका दरले उपलब्ध गराएर मेशिन खरिद गिर सम्मन्वय समितिले सहजिकरण गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानिय सरकार, प्रदेस सरकार संघिय सरकार सबैको आ–आफ्नो जिम्मेवारी बहन गरिरहँदा नेपालको संबिधानले दिएका अधिकार प्रयोग गरि आ–आफ्ना पालिकाहरुको नीति निर्देशिका स्थानिय सरकार सञ्चालन ऐन अनुसार कार्यबिधिहरुका बारेमा जानकारीका लागि राजपत्र प्रकाशनको आबश्यकता रहने हुँदा यो अन्तरक्रिया कार्यक्रमले स्थानीय राजपत्र प्रकाशनका लागी महत्वपुर्ण सहयोग पुगेको बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख बालकृष्ण श्रेष्ठले राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धमा पालिकाका सुचना अधिकारिहरुलाई समेत उपस्थिति गराएर राजपत्र प्रकाशन सम्बन्धका बारेमा जानकारी दिने काम गरिएकोमा मुद्रण बिभागलाई बिशेष धन्यबाद दिनु भयो ।
मुद्रण बिभागका बरिष्ठ मुद्रण अधिकृत पदमराज पाठकले राजपत्र प्रकाशन नेपाल राजपत्रलाई नियमित अंक र अतिरिक्ताकं गरि दुई भागमा विभाजन गरिएको जानकारी दिदै नियमित प्रकाशन हुने अकंमा ऐन र अध्यादेश बाहेक नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भएका सवै प्रकारका सूचना तथा नियमावली प्रत्येक हप्ताको सोमबार र बिहिबार प्रकाशन गर्ने गरिन्छ ।
अतिरिक्ताकंमा नेपाल सरकारले निणर्य गरेकै मिति उल्लेख गरी संविधान, ऐन, अध्यादेश, नियमावली तथा मन्त्रिपरिषदबाट पारित जरुरी सूचनाहरु प्रकाशित गरिन्छ भन्नुभयो । विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निणर्यहरुलाई वैधानिकता प्रदान गर्न तथा नागरिकहरुलाई ऐन, नियमको जानकारी दिनपनि राजपत्र प्रकाशन गर्न पर्ने ब्यवस्था भएको बताउँनु भयो ।
नेपालमा राजपत्रको प्रकाशन २००८ साल साउन २३ गतेदेखि नेपाल गजेटको रूपमा सुरू भएको हो ।
नेपाल गजेटलाई २०२३ माघ १७ गतेदेखि राजपत्र भन्न थालिएको बताउँनु भयो । ऐन, अध्यादेश वा सन्धी भए कानून मन्त्रालयको सचिवले नियम भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोहि मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनको लागि मुद्रण विभागमा पठाउने गरिन्छ । सरकारी कानून र नियमहरु राजपत्रमा प्रकाशित नहुँदासम्म कार्यान्वयनमा जाँदैन । संविधानले स्थानीय तह, प्रदेश र संघ सरकारलाई कानून बनाउने अधिकार दिएको छ । सांसदले पारित हुने कानून राष्ट्रपतिले प्रमाीणकरणपछि कार्यान्वयनमा आउनु पूर्व राजपत्रमा प्रकशित हुने गरेको थियो ।
देश संघीयतामा गएसँगै तीनै तहका सरकारले कानून बनाउने हुँदा तीनै तहका सरकारले राजपत्र प्रकाशन गर्न पर्ने व्यवस्था भएको छ । । प्रदेश सभाले बनाएको ऐन, प्रदेश सरकारले जारी गरेको अध्यादेशमा प्रदेश कानून मन्त्रालयको सचिवले, नियमावली भए सम्वन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोही मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी राजपत्रमा प्रकाशित गर्ने गरिएको छ । स्थानीय सरकारको नगरसभा र गाउँसभाले बनाउने ऐन समेत राजपत्रमा प्रकाशित हुन्छ । स्थानीय तहका कार्यकारी प्रमुखले राजपत्र प्रणालित गरि राजपत्र प्रकाशन गर्ने गर्छन् । केही स्थानीय तहले आफैं राजपत्र प्रकाशन गर्न सुरु गरे पनि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरले अहिले पनि मुद्रण विभागमा नै राजपत्र छपाई गर्ने गरेका छन् । राजपत्र छपाइ गर्नका लागी आफै गर्नु भन्दापनि मुद्रण बिभागलाई लिला खर्चमा पनि कमी आउँने र शब्दहरुमा पनि समस्या नहुने भएकाले पनि बिभागलाईनै जिम्मेवारी दिन उचित देखीने सरोकारवालाहरुको भनाइ रहेको छ ।