सम्पर्क

आज रंङहरुको पर्व होली मनाईदै

आज फागुन शुक्ल पूर्णिमा । फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । विभिन्न रङ अविर र लोला खेली होली पर्व मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आज देशका पहाडी भागहरुमा होली पर्व हर्षोल्सा पूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि तराईका क्षेत्रहरुमा हर्षोल्लासपूर्वक होली मनाइन्छ ।
पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ ।
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । फागुन २९ गते आज पहाडमा र चैत १ गते भोली तराईमा होली पर्व मनाइँदै छ ।