सम्पर्क

भुकम्पका कारण भागाभाग एक घाइते केन्द्रबिन्दु भोटेकोशीमा पहीरो

 

शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको कारण मानीसहरुको भागाभाग भएको छ भने एक केदी घाइते भएको समाचार प्राप्त भएको छ । जिल्ल प्रहरी कार्यलयका अनुसार भुकम्प आए पछी जिल्ला कारागार सिन्धुपाल्चोकमा थुनामा रहेका भोटेकोसी गाँउपालिका वडा नं ५का ३३ बर्षीय स्याङ्वो तामाङ भुकम्प आएको बेला कारागारको दुएतले खाटको दोश्रो तलाबाट हामपाल्दा दाहीने हात फ्याक्चर भइ प्रहरी हवल्दार प्रशान्त पुरी सहीत भइ अस्पतालमा उपभार गराइ अस्पतालबाट डिस्चार्ज समेत भइ सकेको छ भने घाइतेको दहीने हातको पातो खुस्किएको जनाइएको छ । यसै गरी भोटेकोशी गाँउपालिका २ भैरब कुण्ड केन्द्र बिन्दै भएर आएको भुकम्पका कारण सोही गाउँपालिका वडा नं ३मा तुसारे माथकिो भिरमा सुक्खा पहीरो गएको र त्यँहा मानबिय बस्ती नभएकाले उो समाचार तैयार पार्दा सम्म कुनै क्षेतीको बिबरण आएको छैन त्यँहा इप्रका कोदारी बाट प्रहरी निरिक्षक सञ्जीता श्रेष्ठको नेतृत्वमा सुरक्षा कर्मी परिचालन भएका छन । यसै गरी भुकम्प बाट जिल्ला कारागारको भवन चर्कीएको छ भने इलाका प्रहरी कार्यलय कोलारकिो भवन पनी चर्कीएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।काठमाडौं – सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भुकम्पले पुराएको क्षतिको पुर्ण विवरण आउन बाकी छ । बिहान ५ः४५ सम्मको विवरण अनुसार मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी किरण थापाले शक्तिशाली भूकम्प गएपनि अहिलेसम्म मानबीय क्षतिको कुनै विवरण नभएको बताउँनु हुँदै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार कुनै घटनाको जानकारी प्राप्त हुनसाथ समबन्धीत स्थानमा तत्काल सुरक्षा कर्मी पुग्ने बताउँनु भयो । भुकम्प आउँन साथ बवार क्षेत्रका मानीसहरु घरबाट बाहीर निस्केका थिए भने धेरै स्थानमा भाग दौड भएको थियो ।