सम्पर्क

ब्रेकिङ न्युज १

माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

ब्रेकिङ न्युज १, समाचार
नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताउनुभयो । उहाँले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गर्नुभयो ।...

वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान

ब्रेकिङ न्युज १, समाचार
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गर्नुभएको हो । उहाँहरूले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उप...

सुर्यमुखी साना किसान कृषि सहकारीको पशुधन सुरक्षण समितिको दशौं वार्षिक साधारणसभा सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
  देबराज सुबेदी मेलम्ची–१, भोटेचौर स्थित सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित पशुधन सुरक्षण समितिको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरुको सहकारी प्रतिको चासो अझै बढ्नु पर्नेमा जोड दिनुभयो ।     कम्पनी मार्फत गरिएको बिमाको भुक्तानीमा कठिनाइ रहेको बताउँदै यसको सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सहकारीमा बिभिन्न समस्याले रोकिएको बिमा कार्यक्रम अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सहकारीले अझै सहुलियतपूर्ण ऋण ल्याएर सदस्यहरुमा लगानी गर्ने उहाँले बताउनुभयो ।चौलागाईंले सदस्यहरुलाई धेरै भन्दा धेरै सुबिधा रहेको तथा अझ थप गरिने बताँउदै सहकारी मार्फत बचत गर्न र ऋण लिएर यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।कार्यक्रमका सभापति पशुधन...

डडुवामा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका –१४ को आर्थिक सहयोग र नेत्रज्योती मिडिया हाउसको समन्वयमा बिहिवार १४ नं. वडाका वडाध्यक्ष उद्धव नेपाल नेपाल बार एशोसियशन जिल्ला वारका अध्यक्ष भूपेन्द्र बहादुर थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बार एशोसियशन जिल्ला वारका अध्यक्ष भूपेन्द्र बहादुर थिङले कानुनी परामर्श, साइबर अपराध र आत्महत्याबारे कानुनी परामर्शबारे जानकारी दिनुभयो । आत्महत्याबारेमा स्थानीयहरूलाई थप जानकारी दिदै सामाजिक सञ्जाल चलाउदा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । फेसबुक, भाइबर, इमेल, इन्टरनेटलगायतका सबै सञ्चारको माध्यामहरू चलाउदा विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनु भएको थियो । मानिसको चरित्रहत्या हुने खालको पोष्ट हरू गर्न र नहुने र अनावश्यक कुराहरु सामाजिक...

किन बढ्दै छ, वायु प्रदूषण ?

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ चैत : वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गर्नुभएको थियो । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०–५० ...

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसँग सामीको अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धीे अन्तरक्रिया गरेको छ । मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरी सुरक्षित बैदेशिक रोजगारका सवालहरुमा छलफल गरिएको हो । सिन्धुपाल्चोक जिल्लाका ६ वटा पालिकामा सञ्चालित कार्यक्रमको प्रभावकाबारेमासामी कार्यक्रमका संयोजक अरुण पौडेलले जानकारी दिनुभएको थियो । संयोजक पौडेलले कार्यक्रममा सहजिकरण गर्दै बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन सूचना र न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता जस्ता कार्यक्रमहरु नियमित सञ्चालन गरिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा गएकाहरुको उद्धारका लागि तथा वैदेशिक रोजगारमा जानेहरुका लागि सुरक्षित, मर्यादित र भरपर्दाे सीप सिकेर मात्रै जान यस परियोजनाले सुझाव दिने गरेको बताउनुभयो । उहाँले वैदेशिक रोज...

मेलम्ची नगरपालिकाको सिफारिसमा (-KMC_ ) मा निशुल्क शल्यक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (-KMC_ ) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको हो ।   मेलम्ची नगरपालिकाको आयोजना तथा प्ःऋ को प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरले धेरै बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने मेलम्ची स्वास्थ शाखाका प्रमुख पशुराम श्रेष्ठले विश्वास ब्यक्त गर्नु भयो ।यो कार्यक्रम विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न सहकार्य लागि मेलम्ची नगरपालिकाक...

फस्टाउँदै योग साधना चौतारामा बृहत योग शिविर हुँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
 विदुर आचार्य, चौतारा, चैत १७गते । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा बृहत योग शिविर हुने भएको छ । पतञ्जली योग साधना केन्द्र चौताराको बार्षिकउत्सवको अवसरमा चैत १९–२१ मा चौतारामा शिविर हुने समितिले जानकारि दिएको छ । जिल्लाको प्रसिद्धस्थल आमा याङ्ग्रीमा  योग अभ्यास गरियो । मेलम्ची नगर योग समितिको आयोजनामा जिल्लाका साधकहरुले तीन हजार आठ सय मिटरको अग्लो स्थानमा साधना गरि योग साधनाको नवीन रुप प्रदान गरेका छन् । धार्मिक र पर्यटकले भरिने ठाउँमा योग साधकहरुले भरिदा आमा याङ्ग्रीको रौरनकता अलि फरक रह्यो । धार्मिक एवम पर्यटकीय रूपमा प्रसिद्ध आमा याङ्ग्रीमा भएको साधना र पदयात्राले स्वास्थ्य पर्यटनको प्रवद्र्धनको सुरुवात भएको छ । धार्मिक, मनोरञ्जन सँगै स्वास्थ्यको लागि समेत पर्यटनको संभावनालाई उजागर भएको हो । जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका साधकहरुले आमा याङ्ग्रीको शीरमा योग तथा ध्यान गरेका हुन् । ए...

सांगीतिक प्रस्तुतिका लागी पल,टक र स्मारिका कतारमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
दर्शन सुनार/ लोकप्रिय दैनिक कतार ईस्लाम धर्मावलम्बीको महान पर्व ईदको अवसर पारेर "दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस  कतारको आयोजनामा सोमबार हुन लागेको " नेपाली ईद धमका २०२५" मा सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकारहरु कतार आईपुगेका छन । दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा सोमबार मध्यान्ह १ बजे देखि सुचारु हुने कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह,भर्षटायल गायक टंक तिमिल्सिना,चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल शनिबार राती कतार आईपुगेका हुन । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी कार्यक्रमका इभेन्ट म्यानेजर राकेश श्रेष्ठ,कार्यक्रम संयोजक तिलु शर्मा पौडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य ब्यक्तित्वहरुहमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।"दि गोर्खाज ईन्टरटेन्मेन्ट ह...

बागमती प्रदेशले स्थानीय तहलाई दियो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण,  स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री 

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सन्जिब दुलाल भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ ।      बागमती प्रदेश सुशासन केन्द्रको आयोजनामा भक्तपुरमा स्थानीय तहका जनप्रतिनिधि प्रमुख, अध्यक्ष, तथा आर्थिक आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण सम्पन्न भएको हो ।  सार्वजनिक खरिद व्यवस्थापनमा विभिन्न समस्या समाधान तथा कसरी यसको समाधान गर्न सकिन्छ भन्ने हेतुका साथ बागमती प्रदेशका ४ जिल्लाका २३ स्थानीय तहलाई उक्त अभिमुखीकरण तालिम दिइएको प्रदेश सुशासन केन्द्रले जानकारी दिएको छ ।  स्थानीय तहको मागका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वयमा तयार गरिएको पाठ्यक्रमका आधारमा स्थानीय तहले सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने सावधानी र कानुनी पाटोका वि...