सम्पर्क

मेलम्ची नगरपालिकाको सिफारिसमा (-KMC_ ) मा निशुल्क शल्यक्रिया

मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (-KMC_ ) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको हो ।

 

मेलम्ची नगरपालिकाको आयोजना तथा प्ःऋ को प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरले धेरै बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने मेलम्ची स्वास्थ शाखाका प्रमुख पशुराम श्रेष्ठले विश्वास ब्यक्त गर्नु भयो ।यो कार्यक्रम विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न सहकार्य लागि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनु भएको नगरप्रमुख सचिवालयको मानकाजी पाख्रीनले जानकारी दिनु भयो ।