सम्पर्क

जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीसमक्ष नेपाल पत्रकार महासंघले बुझाए ध्यानाकर्षण पत्र

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारी किरण थापा समक्ष ध्यानाकर्षण पत्र पेस गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको पत्रकार महासंघका अध्यक्ष धुव्र दंगालको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो । चैत्र १५ गते (शुक्रबार) भएको काठमाडांैको तिनकुने भएको राजावादीहरुले गरिएको हिंसात्मक आन्दोलन प्रदर्शनमा घरमा थुनिएर आगोमा जलेर यूभीन्युज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा सलंग्न सबैलाई फौजदारी अभियोग कारबाही गर्न तथा उहाँको परिवार लाई क्षतिपूर्ति दिन, संञ्चारमाध्यम र संञ्चारकर्मीहरूमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षतिपूर्ण संञ्चार गृह र संञ्चारकर्मीहरूलाई यथोचित क्षतिपूर्तिको साथसाथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जिल्ला शाखासमक्ष जोडदार माग गरेको छ ।
उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ‘भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतलामा आगो लागी क्षति पुर्याएको , कान्तिपुर टेलिभिजनको भवनमा ढुङगामुडा गरी क्षति भएको, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्याको र पत्रकार र् पत्रकार निराज तामाङ क्यामरा हराएको घटनाहरूको विवरण रहेको छ । उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा समक्ष गम्भीर रहेको छ । र अन्यथा यस माग एक साताभित्र सम्म सम्बोधन नभएमा पत्रकार महासंघ सरकारविरूद्भ देशव्यापी रूपमा आन्दोलन प्रदर्शनमा उत्रन बाध्य हुने ध्यानाकर्षण गराएको छ ।