दर्शन सुनार/ लोकप्रिय दैनिक कतार ईस्लाम धर्मावलम्बीको महान पर्व ईदको अवसर पारेर “दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस कतारको आयोजनामा सोमबार हुन लागेको ” नेपाली ईद धमका २०२५” मा सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकारहरु कतार आईपुगेका छन । दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा सोमबार मध्यान्ह १ बजे देखि सुचारु हुने कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह,भर्षटायल गायक टंक तिमिल्सिना,चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल शनिबार राती कतार आईपुगेका हुन ।

नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी कार्यक्रमका इभेन्ट म्यानेजर राकेश श्रेष्ठ,कार्यक्रम संयोजक तिलु शर्मा पौडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य ब्यक्तित्वहरुहमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।”दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस कतारको आयोजना तथा नेपाली फिटनेस टिम कतारको सह-आयोजनामा मानव सेवा आश्रम नेपालको लागी सहयोगार्थ” भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले अतिथि कलाकारहरु कतार आईपुगे सगैं कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको लोकप्रिय राष्ट्रिय दैनिकलाई जानकारी दिनु भयो ।आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आईपुगेका कलाकारहरुले कार्यक्रममा दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध समेत गरेका छन । उक्त कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने आयोजक हाउस कतारले जानकारी दिएको छ। कार्यक्रममा शरिक हुने चाहाने ब्यक्तित्वहरुका लागी प्रवेश शुल्क ५०,१०० र परिवारका लागी भिआईपी ५०० रियाल रहेको छ ,कार्यक्रममा शरिक हुने टिकट होल्डरहरुका लागी कतारका विभिन्न स्थानबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ । लोकप्रिय राष्ट्रिय दैनिक समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।