दर्शन सुनार / लोकप्रिय् दैनिक कतार
बैदेशिक रोजगारीका लागी आकर्षक कर्मभुमी मानिएको मध्यपुर्वको देश कतारमा रोजगारी सगै ब्यबसाय गर्ने नेपालीहरुको संख्या बढ्दो क्रममा छ । बिभीन्न ब्यबसाय मध्य गाडीको साजसज्जमा नेपालीहरुको उपस्थित हुन् नसकिरहेको बेला रुपन्देही बुटोल निवासी कतारमा रहेका फैजान सौकात अलिले कतारको आबुहमुर रोडमा अबस्थित रेजेन्सी सिग्नल नजिक “काभ्या श्री फर ट्रेडिङ एसोसरिज एण्ड कार रिपेएर” पसल संचालनमा ल्याएका छन ।

उक्त पसलको स्पोन्सर (संरक्षकत्व प्रदान गर्ने ब्यक्ती कफिल) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । नेपालीहरुको बाक्लो बस्ति रहेको पार्किङको समेत सुबिधा रहेको उक्त पसलमा अनुकूल मिल्नेहरूलाई एक पटक पुगेर सेवा लिन आग्रह गर्दै भट्टले व्यबसायिक सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।पसलमा गाडीको सिट कभरहरु, सिसामा हालिने प्लास्टिक फिल्म,कार इन्टरनल फोल्ड, पोलिस, कम्प्युटर चेक, एसी रिपेएर, नया म्युजिक सिस्टम इनस्टल, सबै प्रकारका ब्याट्री, लाइट, खेमा/टेण्ड लगायतका विभिन्न सुविधा लिन सकिन्छ l नेपालमा समेत ग्यारेज ब्यबसाय गरि रहेका अलिले आफ्नो पसलमा सेवा लिन आउने सेवाग्राहीलाइ गाडी नबनेमा घर सम्म निशुल्क पुराइदिने, र गाडी बनेपछि घरमै लगिदिने प्रतिबद्धता व्यक्त गरे l उनले गाडी स्टार्ट नभएमा सेवाग्राहीका घरघरमा पुगेर पनि न्युनतम सेवा दिने प्रतिबद्धता जनाउनु भयो ।समुद्घाटन कार्यक्रममा कतारमा रहेका पत्रकार, ब्यबसायी सहित दर्जनौ ब्यक्तीहरुको उपस्थिति रहेको थियो । बैदेशिक रोजगारी, अध्ययन तथा व्यबसायीक शिलशिलामा करीब साढे तिन लाख नेपाली कतारमा कार्यरत रहेका छन ।
